3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

समुन्नत कोहलपुर निर्माणमा पूर्णको संकल्प

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९  

नेपालमा २००७ सालमा केवल २ प्रतिशत जनसंख्या साक्षर थियो । नेपालको राज्य सत्ता राजा र राणा परिवार वरिपरि केन्द्रित भएको बेला करिब ३५ वर्षको उमेरमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका बीपी कोइराला नेपाली काँग्रेसको संस्थापक नेता हुन् ।

प्रजातन्त्र स्थापनाको करिब ७२ वर्ष पुरा भएछ । बीपी कोइरालाले २००७ सालमा एउटा मिठो सपना देखे जुन प्रत्येक नेपालीको घरमा एक हल गोरु हुन्, बस्नलाई घर होस, खानालाई खेतबारी होस्, शिक्षा, स्वास्थ्यको पहुँच होस् र प्रत्येक नेपाली मेरो हैसियत बराबर हुन् । दुभाग्र्य बीपीको त्यो सपना पञ्चायतले २०१७ सालमा अपहरण ग¥यो । ३० वर्षे जर्जरपूर्ण पञ्चायती व्यवस्था लादियो र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने बीपीले देखेको सपना अँध्यारो कोठामा बन्धक गराइयो ।

२०४६ र २०६२/०६३ को जनआन्दोलन, लोक कल्याणकारी राज्यव्यवस्था, संविधानसभाबाट संविधान निर्माण, संविधान कार्यान्वयनका लागि २०७४ सालमा तीन तहकै निर्वाचन सम्पन्न, नेपालको संकटपूर्ण अवस्थामा जिम्मेवार र कर्तव्यबोधका साथ नेतृत्व गर्दै मुलुकलाई शान्तिको मार्गमा लैजानको लागि नेपाली काँग्रेसको नेतृत्वदायी भूमिका रहेको छ । काँग्रेसकै नेतृत्वमा बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन–२०७९ लाई नेपाली काँग्रेसले अर्को ऐतिहासिक उपलब्धिको रुपमा लिएको छ ।

प्रजातन्त्र स्थापनाका ३५ वर्षीय नायक बीपी कोइरालाकै झझल्को दिने, तिनै बीपीका सपनाहरुलाई पुरा गर्न र ३५ वर्षकै उमेरमा समुन्नत कोहलपुरले मागेको नेतृत्व र व्यक्तित्वका लागि नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगर प्रमुख पदमा पूर्ण प्रसाद आचार्य मैदानमा उत्रिएका छन् । उनको जन्म २०४३ साल जेष्ठ १४ गते पिता हिरालाल आचार्य र माता इन्द्रिरा आचार्यको कोखबाट भएको थियो । आचार्य दम्पतीका चार सन्तानमध्ये पूर्णप्रसाद साइला सन्तान हुन् । सल्यान जिल्ला कालागाउँमा जन्मेका आचार्यका तीन दिदीबहिनी छन् ।

२०५२ सालमा तत्कालीन माओवादीको नेतृत्वमा शुरु भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्धन्द्ध कालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्थाको सिर्जना भएपछि उनको परिवार बर्दिया जिल्लाको राजापुरमा विस्थापित भएर आएको थियो । आचार्यको परिवार सल्यानबाट बर्दियाको राजापुर हुँदै २०५७ सालदेखि कोहलपुर नगरपालिका वडा नम्बर ८ मा बसोबास गर्दै आएको छ । आचार्यकी श्रीमती सिता खत्री हुन भने उनकी छोरी प्राप्ति आचार्य र छोरा यमन आचार्य रहेका छन् ।

यूवा नेता आचार्यले माध्यमिक तहको शिक्षा त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर, प्रमाणपत्र तह बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, स्नातक तह सुर्खेत शिक्षा क्याम्पस सुर्खेत र स्नातकोत्तर तह त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट पुरा गरेका छन् । उनी एक अध्ययनशिल तथा जोशिला र योग्य, सक्षम यूवा समेत हुन् । एक सामान्य तथा राजनीतिज्ञ परिवारमा जन्मेका आचार्य सामान्य रुपमा सामान्य ढंगको पारिवारिक पृष्ठभूमिमा हुर्केका यूवा हुन् ।

उनले विद्यालय तहबाटै विद्यार्थी राजनीतिको यात्रा सुरु थिए । विगत करिब ८ वर्षदेखि नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्व समेत प्रदान गरिसकेका छन् । नेपाली कांग्रेस पार्टीको १३ औं महाधिवेशनमा मध्य तथा सुदूरपश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा लोकप्रिय नेताका रुपमा अत्याधिक मतले विजयी भएका थिए ।

राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय यूवा नेता आचार्यले कोरोना भाइरसको महामारीको समयमा “हुने खानेले हुँदा खानेलाई सहयोग” भन्ने उद्देश्यका साथ अभियान संचालन गरी आम नागरिकको घर–घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउदै खाद्यान्न लगायत स्वास्थ्य सामग्री सहयोग गरेका थिए । राष्ट्रिय तेक्वान्दो संघ नेपालका लुम्बिनी प्रदेका अध्यक्ष समेत रहेका आयार्चले खेलकूदलाई नजिकबाट बुझेका छन् । खेलकूदको माध्यमबाट कोहलपुरको यूवा शक्तिलाई आत्मानिर्भर बनाउने संकल्प लिएका यूवा हुन,आचार्य ।

कोहलपुर नगरलाई समुन्नत बनाउनका लागि आवश्यक परेको दुरदृष्टि सहितको नेतृत्व प्रदान गर्न, आधुनिक नगर र व्यवस्थित नगरको जग बसाल्न, जनताले अनुभूति गर्ने गरी विकास गर्नका लागि, जनता प्रति जवाफदेही, जुजारु, कर्मशिल कोहलपुरका होनाहार यूवा नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार हुन्,पूर्ण प्रसाद आचार्य ।

पूर्ण प्रसाद आचार्यका पूर्ण प्रतिवद्धताहरु
शिक्षा ः
१. कोहलपुर नगरपालिकामा शैक्षिक सत्र २०७८ मा १२ हजार २ सय ११ विद्यार्थी कक्षा १–५ मा अध्ययन गरिरहेको अवस्था छ । ती विद्यार्थीहरुलाई कक्षा ११ सम्म विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने लक्ष्य लिएका छौं ।

२. सिकाइ केन्द्रित विद्यालय, जागुरुक अभिभावक, उत्प्रेरित शिक्षक, सबल विद्यालय व्यवस्थापन समिति, जवाफदेही शिक्षा प्रणाली, शिक्षामा लगानी वृद्धि गर्नेछौं । शिक्षकलाई तालिम दिई शिक्षण सिकाइ क्रियाकलापमा अब्बल बनाउने छौं ।

३. कोहलपुरलाई शैक्षिक हबका रुपका रुपमा विकास गर्नका लागि आधारभूत तहमा अंग्रेजी माध्यामसँगै मातृभाषालाई जोड दिइने छ ।

स्वास्थ्य ः

१. कोहलपुर नगर भित्र रहेको गरिब परिवारलाई २५ सय उपलब्ध गराएर स्वास्थ्य बिमा गरिने छ । त्यो भित्र लक्षित परिवार पर्नेछन् ।

२. एक विद्यालय एक नर्स कार्यक्रम, नगर भित्र निःशूल्क एम्बुलेन्स संचालनमा ल्याईने छ ।

कृषि ः

१. कोहलपुरमा ४१ सय हेक्टर जमिन मध्ये, तीन हजार अर्थात ७० प्रतिशत जग्गा कृषि योग्य छ । यसको संरक्षण गरि व्यवसायिक किसान १५ प्रतिशत छन । त्यसलाई बढाएर ५० प्रतिशत पु¥याउछौं । वार्षिक १० प्रतिशत बजेट कृषिमा छुट्याउँछौं । कोहलपुरलाई च्याउ, मौरी, तरिकारी पकेट क्षेत्र बनाउनेछौं ।

२. चार (ज) अर्थात जनता, जवाफदेहिता, जमिन र जग्गालाई जोडेर कृषिसँग जनतालाई जोड्नेछौं ।

खानेपानी ः

१. कोहलुर नगरपालिकाका २० प्रतिशत जनताले मात्र शुद्ध खानेपानी पाइरहेको अवस्था छ । अब प्रत्येक वडाका सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउनको लागि शुद्ध खानेपानी नपुगेका प्रत्येक वडामा ५ लाख लिटरको ट्यांकी निर्माण गरी घर–घरमा शुद्ध खानेपानी २४ सैं घण्टा उपलब्ध गराउन प्रतिबद्ध छौं ।

उद्योग व्यापारः

१.कोहलपुरलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको व्यापारीक केन्द्र बनाउन विशेष योजना निर्माण गर्नेछौं । उद्योगी,व्यवसायीको व्यावसायिक सुरक्षा मात्रै गर्न सक्ने हो भने व्यापारी वर्ग कोहलपुर क्षेत्रमा जतिपनि लगानी गर्न तयार रहेको तथ्य हामी सामु छ । यसका लागि हामी काम गर्नेछौं ।

सुन्दर शहर ः

१. सुन्दर शहरको महत्वपूर्ण सूचक महिला सुरक्षा हो । हामी महिलामैत्री कोहलपुर निर्माण गर्नेछौं ।

२. कोहलपुर नगरपालिका भित्रको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि विशेष योजनाका साथ काम गरी कोहलपुर नगर भित्रको फोहोर तत्काल १०० दिन भित्र समस्या समाधान गर्नेछौं ।

४. साइकल लेन निर्माण गरी कोहलपुरलाई साइकलमैत्री बनाउनेछौं ।

जुझारु कोहलपुर

१. कोहलपुरका सबै यूवालाई एकताबद्ध गरी यूवा शक्तिको परिचालन गरी सबै टोल, समाज, वडाको सहभागिता हुने गरी प्रत्येक वर्ष खेल महोत्सव संचालन गरिनेछ ।

२. करिब १ अर्ब राजश्व आन्तरिक र अनुदानबाट कोहलपुर नगरको वार्षिक बजेट हो । यसमा थप १ अर्व बजेट व्यवस्थापन गरिनेछ । केन्द्र र प्रदेश सरकारसँग पहल गरी थप १ अर्वको बजेटबाट हामी अन्य कार्यमा खर्च गरी आधुनिक कोहलपुर विकासको जग बसाल्छौं ।

पूर्वधार विकास

१. मानवीय विकाससँगै भौतिक विकासमा जोड दिइनुपर्छ । हामी भ्यू टावरको बजेट समुन्नत कोहलपुरको आधार निर्माण गर्नेछौं । साथै कोहलपुरका प्रत्येक वडाको पायक पर्ने ठाउँमा नगर बस स्टेशन बनाइनेछ ।

२. निजी क्षेत्रसँगको सहकार्यमा नगर बस संचालन गरिनेछ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९     1:38:41 PM  |