4 February 2023  |   शनिबार, माघ २१, २०७९

भ्रष्टाचारमुक्त र सुशासनयुक्त बाँसगढी बनाउँछुः मेयरका उम्मेदवार सविन थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २५, २०७९  

बाँसगढी ।

बाँसगढी नगरपालिका बर्दिया बाँसगढी नगरपालिकामा सुशासन कायम गर्न, भ्रष्टाचारमुक्त नगर स्थापित गर्न, स्थानीय तह समृद्धिको लागि मेरो उम्मेदवार हो । मैले चुनावमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छुँ ।

मेरो पहिलो प्राथमिकता भनेको भ्रष्टाचारमुक्त नगरपालिका बनाउने हो । त्यसपछि सुशासन कायम गर्ने हो । यस्तै विकास निर्माणमा गुणस्तरीय नगर बनाउने र शैक्षिक नगरपालिकाका रुपमा स्थापित गर्ने मेरो प्रतिबद्धता रहेको छ । मैले जिते भने नगरपालिकाभरि माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ । शैक्षिक संस्थाको स्तरोन्नति, भौतिक संचरना निर्माणमा जोड दिइनेछ ।

बाँसगढी नगरपालिका पर्यटकीय दृष्टिले सम्भावना बोकेको क्षेत्र हो । आन्तरिक तथा बाह्य पर्यटक भिœयाउनको लागि पर्यत्न गरिनेछ । धार्मिकस्थलको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा जोड दिइनेछ ।

कृषि क्षेत्रको विकासमा विशेष जोड दिएका छौं । कृषिलाई रोजगारीसँग जोड्न मेरो विशेष ध्यान हुनेछ । कृषिको यान्त्रिकरण र औद्योगीकरण हाम्रो मूल मन्त्र हो । व्यवसाय गर्ने किसानलाई अनुदान दिइनेछ । व्यवस्थित र सर्वसुलभ तथा सबैलाई अपनत्व महसुस हुने गरी नगरपालिकाको विकास गरिनेछ ।

सबैभन्दा पहिला योजना बनाउने हो । म मैले बनाएका योजना कार्यान्वयनमा कटिबद्ध र स्पष्ट छुँ । योजना कार्यान्वयनका लागि नेपाल सरकार र स्थानीय सरकार सञ्चालन ऐनअनुसार अघि बढिनेछ । कानुनले हामीलाई निर्देशित गरेको हुन्छ । हामीले नीतिलाई प्राथमिकता दिनुपर्छ । योजनाहरु प्राथमिकताको आधारमा कार्यान्वयनमा जान्छन् ।

योजना छनोटका स्पष्ट आधार रहेका छन् । जहाँ बढी आवश्यक छ । त्यहाँबाट योजना कार्यान्वयन हुनेछन् । जनताको आवश्यकतामा आधारित हुने म प्रण गर्न चाहन्छुँ । स्थानीय तहका पहिला जनप्रतिनिधिहरुले यस्तो छबी बनाएका छन् । जनप्रतिनिधि भइसकेपछि हामी साझा व्यक्ति हुन्छौं । सबैको सेवा गर्ने हाम्रो कर्तव्य हुन्छ । योजना निर्माण र कार्यान्वयनमा कसैलाई विभेद गरिने छैन । कसैलाई पाखा लगाउँदैनौं आफ्ना कार्यकर्ता वा आफ्ना नजिकका मान्छे प्राथमिकतामा झन पर्दैनन् । यस्ता कुरा हामी सोच्न पनि सक्दैनौँ ।

म आफ्नो योजना कार्यान्वयनको लागि अत्यन्त गम्भीर छुँ । अर्काेतिर म बाँसगढीमा २०औँ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको मान्छे हो । शैक्षिक क्षेत्रको विकासको लागि मैले ठूलो योगदान दिएको छुँ । बाँसगढीको नेपाल राष्ट्रिय उच्च माविमा दुई कार्यकाल अध्यक्ष भएर काम गरेको छुँ । मैले सबैको मन जितेर, सबैलाई एकैसाथ अघि बढेर सबैको चित्त बुझाएर अघि बढेको छुँ ।

यस्तै मैले बाँसगढी क्याम्पसलाई उत्कृष्ट बनाउन भूमिका खेलेको छुँ । म त्यहाँ १५ वर्षदेखि संस्थापक कोषाध्यक्षसहित कार्यबाहक अध्यक्ष हुँदै अध्यक्षसमेत भएर अहिले पनि काम गरिरहेको छुँ । मैले जुन जिम्मेवारी पाएको छुँ ।

जुन भूमिका निर्वाह गरेको छुँ । मेरो क्षमता, विवेक र मेरो योग्यता, पहुँचले जति गर्न सके सबैका अगाडिनै छ । त्यसैका आधारमा बाँसगढीका जनताले मलाई रोज्ने छन् । मैले जुन क्षेत्रमा काम गरे आफ्नो भूमिका पारदर्शी तथा सबैलाई समेटेर लिने र आफ्नो अभियानलाई अगाडि बढाएर निरन्तरता दिने बाँसगढीको सधै भलो चाहने युवा पनि हुँ यिनै मेरा जित्ने आधार हुन् ।

प्रकाशित मितिः आइतवार, बैशाख २५, २०७९     8:54:11 PM  |