जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएको छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो ।
स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिनु भयो।
उहाँका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।
प्रकाशित मिति : २०७९ वैशाख १७ गते शनिबार










प्रतिक्रिया दिनुहोस्