कोहलपुर नगरपालिकामा जनप्रतिनिधि आएको करिब पाँच वर्षपछि एउटा एम्बुलेन्स खरिद गरिएको छ । स्थानीयको अर्को आलोचनाकाबीच कोहलपुर नगरपालिकाले एउटा एम्बुलेन्स खरिद गरेको हो । यसअघि कोहलपुर नगरपालिकाको आफ्नै एम्बुलेन्स थिएन ।
२०७४ को स्थानीय तह निर्वाचन पश्चात जनप्रतिनिधि आएपछि अन्य सवारी साधन खरिद भएपनि एम्बुलेन्स खरिद गरिएको भएको थिएन । अहिले जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिदैं लाग्दा एउटा एम्बुलेन्स कोहलपुरमा आइपुगेको छ ।
कोरोना कहरका बेला आफ्नै एम्बुलेन्स नभएको भन्दै कोहलपुर नगरपालिका र जनप्रतिनिधिको आलोचना भएको थियो । नगरपालिकाले खरिद गरेको एम्बुलेन्स ‘ख’ वर्गको रहेको छ ।
टेण्डरमार्फत ४४ लाख ९० हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको हो । भन्सार छुट अन्तरर्गत नगरपालिकाले एम्बुलेन्स खरिद गरेको जनाएको छ ।
कोहलपुर नगरपालिकामा एम्बुलेन्स आएपनि अझै सञ्चालनमा भने आउन सकेको छैन । आवश्यक प्रक्रिया पूरा गरेर एम्बुलेन्स सञ्चालनमा ल्याइने कोहलपुर नगरपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्