नेपालगन्जमा नायिका पूजा हलमा छिर्दा दर्शक फिल्म छोडेर झुम्मिए



नेपालगन्ज ।

नायिका पुजा शर्मा मंगलबार १ बजेतिर नेपालगन्जस्थित क्युएफएक्सबागेश्वरीमा झुल्किइन् । बर्दियामा बासगढी महोत्सवमा सहभागी हुन आएकी पुजा हलमा पस्नेबित्तिकै चलचित्र हेरिरहेका दर्शकहरु पनि बाहिर निस्किएर उनलाई हेर्न र सेल्फी खिच्न तछाड मछाड गर्न थाले ।

पुजा बासगढी आएको मौका छोपेर क्युएफएक्सले उनलाई नेपालगन्जका पत्रकारहरुसँग साक्षात्कारका साथै दर्शकहरुका अघि प्रस्तुत गर्ने योजना बनाएको थियो । चलचित्र हेरिरहेका दर्शकहरु नै उनलाई हेर्न बाहिर निस्किएपछि केहीबेर पुजा र उनीसँगै आएका चलचित्रका निर्देशक सुदर्शन थापा एवं चलचित्रकर्मी शोभित बस्नेतलाई चलचित्र हलको गेष्टरुममा राख्नुप¥यो ।

दर्शकहरु पुजासँग भेट्नका लागि ढोकामै झुम्मिन थाले । केहीबेरपछि पुजा हलमै आउने आश्वासन पाएपछिदर्शकहरु हलभित्र पसे । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशभरका चलचित्र हलहरुमा चलिरहेको छ ।

चलचित्रको कमाई ६ करोड आसपास पुगिसकेको छ । चलचित्रमा मुख्य पात्रमध्ये एकको भूमिका निर्वाह गरेकी पुजालाई हेर्न दर्शकहरुले गरेको तछाडमछाले पनि चलचित्रप्रति दर्शकहरु तानिएको सहजै बुझ्न सकिन्थ्यो ।

तर,‘म यस्तो गीत गाउँछु २’ चलचित्र साँच्चै राम्रो भएर दर्शकहरु हलसम्म पुगेका हुन् वा चलचित्रका मुख्य पात्रको भूमिका निभाएका अभिनेता पल शाह बलात्कारको आरोपमा अनुसन्धानका क्रममा प्रहरीकहाँ रहेको र उनको सहानुभूतिमा दर्शकहरु हलसम्म आएका हुन् ?

यस प्रश्नको उत्तर चलचित्रका निर्देशक थापाले दिन सकेनन् । पत्रकारले सोधेको उक्त प्रश्नमा उनले यति मात्रै भने, ‘आइ एम विथ पल शाह, आई लभ पल शाह ।’

निर्देशक थापाले चलचित्रको विषयवस्तु फितलो भएको सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा पनि चित्तबुझ्दो उत्तर दिन सकेनन् । कथा फरक भएपनि इमोशन उही हुने भन्दै गोलमोटल जवाफ दिए ।

लामो समय कोरोनाका कारण थलिएको नेपाली चलचित्र क्षेत्रमॉम यस्तो गीत गाउँछु २’को व्यापारले उत्साह जगाएको त छ । तर यो आशा कत्तिको क्षणिक छ भन्नेकुरा सँगै चलिरहेको लप्पन छप्पन हलमा चल्नै नसक्नुले नै संकेत गर्छ । दर्शकहरु नभएर लप्पन छप्पन हलमा जानै नसकेको स्रोतले बतायो ।

तर निर्माता निर्देशकहरु चलचित्र ठूलो लगानीले मात्रै राम्रो हुने तर्क गर्दै प्रस्तुति र विषयवस्तुतर्फ ध्यान नदिइरहेको उनीहरुको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । उनीहरु अझै फण्डालाई नै भजाएर चलचित्र चलाउने मनस्थितिले प्रेरित देखिन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २४ गते मंगलबार