28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७८  

विराटनगर ।

धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।

पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७८     9:30:52 AM  |