सुर्खेत ।
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीमा नेकपा माओवादी केन्द्रबाट विन्दमान विष्ट नियुक्त भएका छन् ।
मंगलबार बेलुका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री विष्टलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले विष्टको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । ‘दलको बैठकले सरकारमा माओवादी केन्द्रको नेतृत्व माननीय विन्दमान विष्टलाई पठाएको छ,’ दलका प्रमुख सचेतक ठम्मर विष्टले भने ।
प्रकाशित मिति : २०७८ मंसिर १५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्