16 July 2024  |   मङ्लबार, साउन १, २०८१

सल्यान बस दुर्घटना अपडेटः २ बालबालिकासहित ८ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २१, २०७८  

सल्यान ।

सल्यानको जैपानीबाट दाङ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज विहान पौने ११ बजे ना २ ख २५५२ नम्बरको ओभर स्पीड भएर दुर्घटना हुँदा २ जना बालबालिकासहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी गोविन्द थापाले  जानकारी दिए ।

‘घटनास्थलमा ५ जनाको अस्पताल जाँदा जाँदै ३ जनाको मृत्यु भएको अन्य यात्रुहरूको उपचार भइरहेको छ,’ डीएसपी थापाले भने,‘बसमा २५ जना सवार भएको हामीले पाएका छौं ।’

प्रकाशित मितिः आइतवार, कार्तिक २१, २०७८     1:14:39 PM  |