लोकप्रिय गायक अधिकारीको तीज गीत “छम्किदेउ पानी ” बजारमा (भिडियो सहित)



नेपाली गीत संगीतको क्षेत्र पनि अहिले लकडाउनले नाजुक बनेको छ । तीज पनि नजिक आउदै छ। तीज गीत पनि बजारमा बिस्तारै आउदै छन् । यहि क्रममा ‘छम्किदेउ पानी’ बोलको तीज गीत बजारमा आएको छ ।

लोकप्रिय गायक सुकदेब अधिकारी र सुनिता ठकुरीको स्वरमा रहेको तीज गीत ‘छम्की देउ पानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘के भनौ हजुर’ र ‘कल्ले बोलायो’ को अपार सफलतापछि अधिकारीको ‘छम्किदेउ पानी’गीत बजारमा आएको हो ।

तिलक वलीको शब्द-संगीत रहेको गीतलाई कृष्ण बिक ‘भान्जा’ ले संगीत संयोजन गरेका छन् । उक्त गीतमा बिमल अधिकारी, अञ्जली अधिकारी र अर्जुन कुँवर ‘पितृ बुढो’ को नृत्य देख्न सकिन्छ । गीतमा काजिश श्रेष्ठको छायांकन, दिपक बिष्टको सम्पादन र श्रेष्ठकै निर्देशन रहेको छ ।

https://www.youtube.com/watch?v=wwZIG2mFNuI&feature=emb_title

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमबार