सुर्खेत
कर्णाली प्रदेशको कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका एक स्वास्थ्यकर्मीलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीया एक युवतीले स्वास्थ्यकर्मी कमल बटाला माथि दुव्र्यवहार आरोप लगाएकी हुन् । स्वास्थ्यकर्मी बटलाले आफूलाई यौन दुव्र्यहार गरेको आरोप लगाउँदै युवतीले प्रहरीमा जाहेरी समेत दिएकी छन् ।
यहीँ साउन १९ गते राती साढे एक बजेको समयमा बटालाले आफूलाई जर्वजस्ती करणी गर्न खोजेको युवतीको दाबी छ ।उनले इलाका प्रहरी कार्यालय कुमालगाउँमा निवेदन दर्ता गरकी छन् । युवतीको जाहेरीपछि प्रहरीले बटालाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी भुपेन्द्रबहादुर शाहीले जानकारी दिए ।
जाहेरीमा युवतीले भनेकी छन्,‘एक्कासी राति आएर ममाथि जबरजस्ती गर्न खोज्यो । यौन दुव्र्यवहार ग¥यो । मैले तलको कोठामा सुतेका दाजु र भाउजुलाई बोलाएपछि भाग्यो । २० गते मेरो घरमा आई पाँच सय रुपैंया दियो र बहिनी भन्दै टिका लगाएर मुद्दा मिलाउन प्रयास ग¥यो । तर, मलाई अन्याय लागेर न्याय खोज्न प्रहरीमा आएकी हुँ ।’ नरहरीनाथ गाउँपालिकाका सदरमुकाम मान्मदेखि धेरै टाढा पर्छ ।
प्रतिक्रिया दिनुहोस्