25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

१४ वर्षीय दाईले गरे १३ वर्षीय भाइको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ६, २०७८  

सल्यान ।

सल्यानमा दाइले भाइको हत्या गरेका छन् ।

मंगलवार राती घरायशी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ निवासी १४ वर्षीय दाइले भाइ १३ वर्षिया भाइलाइ जुत्ता सिलाउने सुयोले बायाँ कान मुनी प्रहार गरी घाइते भएपछि उपचारका क्रममा आज बिहान उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

संन्दिप परियारको उपचारका क्रममै शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सन्दिप र सुयो प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यानरत रहेका थिए ।

दुइ दाजु भाइका छोराबिच खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको र आरोपित बालकलाइ नियन्त्रणमा लगी थप अनुसन्धान भइ रहेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मितिः बुधबार, साउन ६, २०७८     2:47:08 PM  |