दाङमा जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार भएको छ।
मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दोघरेस्थित केएम जिम क्लबमा खुकुरी प्रहार हुँदा तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पुरानो रिसिबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।
आज बिहान साढे ६ बजे दंगिशरण गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय निर्मल बस्नेतले पुरानो रिसिबीका कारण सुनारमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।
घाइते सुनारको तीघ्रामा चोट लागेको छ। उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर अनुसन्धानलाई अगाड बढाएको छ।
खुकुरी प्रहार गर्ने बस्नेत फरार छन्।










प्रतिक्रिया दिनुहोस्