घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडप, दुई घाइते



रुकुम पश्चिम ।

रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका-३ खदीमा भएको विवादमा गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

सामान बोकेको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद भएको पनि उनले जानकारी दिए ।

झगडा गरेको आरोपमा गोपाल बोहरासहित केहीलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको पनि प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १९ गते शनिबार