अपराधीलाई कानुनी कार्वाही नगेरे आन्दोलनमा उत्रिने पत्रकार महासंघ बाँकेको चेतावनी



काेहलपुर ।

पत्रकार हेमन्त चौधरीलाई कुट्ने गिरोहलाई तत्काल कार्वाही होस भन्दै पत्रकार महासंघ बाँकेले प्रेस बिज्ञप्ति जारी गरेको छ । कुटपिट गरि अभद्र व्यवहार गरेको दुई महिना बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको प्रति महासंघ बाँकेको ध्यानाकर्षण भएको बिज्ञप्तिमा लेखिएको छ ।

गत चैत १६ गते राप्तिसोनारी गाउपालिका वडा नं. ३ मा आयोजना गरिएको एक कार्यक्रममा पत्रकार चौधरीलाई ज्यान मार्ने धम्की दिदै कुटपिट गरिएको थियो । कुटपिट पछि पत्रकार चौधरी उपचारका लागि लखनउ जानुभएको थियो ।

कुटपिट लगतै चैत १८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा कुटपिट तथा अभद्र व्यवहार सम्बन्धि मुद्दा किटानी जाहेरी दिनुभएको थियो । मुद्दा जाहेरी दिएको लामो समय बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु र पक्राउ गरेको अपराधीलाई सजिलै बिना कागज छोड्नु अपराधीलाई अपराध गर्न प्रश्रय दिएको भन्दै पीडित चौधरीले बताउनु भयो ।

महासंघ बाँकेले अपराधीलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन नसके तत्काल आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । पत्रकार महासंघ बाँके द्वारा जारी प्रेस बिज्ञप्तिको पुर्ण अंश :

  • No tags available
प्रकाशित मिति : २०७८ असार १५ गते मंगलबार