3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

एमाले संसदीयदलको बैठकमा चार सदस्य अनुपस्थित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

सुर्खेत – नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ ।

 

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उहाँहरूलाई पत्राचार गरिएको बताइएको छ । संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सदस्य बैठकमा अनुपस्थित हुनुभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।रासस

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     5:58:21 PM  |