8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

सुर्खेत :
कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८र ०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

चार बजे बस्ने अर्को बैठकमा सरकारले आर्थिक बर्षको बजेट पेश गर्ने तयारी गरेको छ । कर्णालीमा एमाले सांसदहरुले कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     4:09:18 PM  |