20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

यामलाल कँडेलको हैन् अब युवराज ज्ञवालीको निर्णय मान्छौं स् मन्त्री थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

सुर्खेत :  नेकपा एमालेको नवौ महाधिवेशनबाट जिम्मेवारी दिइएका कर्णाली प्रदेश इन्चार्ज युवाराज ज्ञवालीको निर्णय मान्ने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका मन्त्री अम्मरबहादुर थापाले स्पष्ट पारेका छन् । फ्लोक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी बचाइदिएका मन्त्री थापासहित एमालेका चार सांसदको पुनर्बहाली भएपछि थापाले नयाँ अभिव्यक्ति सार्वजनिक दिएका हुन् ।

‘हामीलाई कारवाही गरेको प्रक्रिया मिलेन् भनेर सर्वोच्चले नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नै मान्यता दिएकोबारे जानकार हुनुहुन्छ नि,’ मन्त्री थापाले भने, ‘हिजो पनि हामी एमाले नै थियौं, आज पनि एमालेमै छौं, विधि र प्रक्रियालाई मान्छौं, त्यसैले महाधिवेशनबाट निर्वाचित कमिटीले नेकपा एमाले कर्णालीको जिम्मेवारीमा इन्चार्ज बनाइएका युवराज ज्ञवालीको निर्णय नै मान्छौं ।’

आफूहरु सरकारमा सहभागी भएकाले एमाले प्रतिपक्ष नरहेको दावी मन्त्री थापाको छ । ‘प्रदेश इन्चार्ज युवराज ज्ञवाली हो, उहाँले सरकारमा नबस भन्नुभयो भने तत्कालै राजिनामा दिन्छौं,’ मन्त्री थापाले भने, ‘मलाई जवरजस्त अपराधी करार गर्ने सह–इन्चार्ज यामलाल कंडेलले गरेको निर्णय हामी मान्दैनौं ।’ मन्त्री थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम मंगलबार पारित गर्नमा साथ रहने बताएका छन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     8:04:00 PM  |