सुर्खेतमा चिकित्सकमाथि हातपात गर्ने तीन पक्राउ



सुर्खेत ।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेको बताईएको छ ।

कार्यालयबाट घर फर्किने क्रममा उहाँहरु माथि अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २८ गते शुक्रबार