विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक संजालमा निकै सक्रिय खेलाडी हुन्।
३६ वर्षका उनी आफ्नो दिनचर्या लगायत हरेक गतिविधि सामाजिक संजालमा पोस्ट गरेर आफ्ना फ्यानहरुसँग अन्तक्रिया गरिरहन्छन्।
उनीकी प्रेमिका २७ वर्षकी मोडेल जोर्जियाना रोड्रिग्वेज पनि रोनाल्डोजस्तै सामाजिक संजालमा सक्रिय छिन्। पछिल्ला समय रोनाल्डोले इटालिएन क्लब युभेन्टस छाड्ने विषयमा जोर्जियानालाई प्रश्न गरिँदा उनले रोनाल्डो इटालीमै बस्ने बताएकी थिइन्।
जोर्जियाना सामाजिक संजाल इन्स्टाग्राममा तस्बिरहरु निकै पोस्ट गर्छिन्। उनी योगा गर्छिन् भने जिममा खिचेका तस्बिरहरु पोस्ट गर्छिन्।
प्रायः उनी बिकिनीमा फोटो सुट पनि गरिरहन्छिन्। पछिल्ला सयम उनले पोस्ट गरेका बोल्ड तस्बिरहरुलाई उनका फ्यानले निकै मन पराएका छन्।
उनका तस्बिरहरुमा लाखौं लाइक्स र हजारौं कमेन्ट्स आउँछन्। सन् २०१७ यता जोर्जियाना र रोनाल्डो एकसाथ बासिरहेका छन्उ। नीहरुबाट एक छोरी पनि जन्मिएको छ। रोनाल्डोले जोर्जियानालाई विवाह गर्ने विश्वास गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्