विराटनगर ।
मोरङको बेलबारी प्रहरीले केराबारी गाँउपालिकाबाट कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको
छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार बेलबारी २ का ४१ वर्षीय पदमकुमार लिम्बुलाई मंगलबार बेलुका केराबारी गाँउपालिका ९ स्थित एक कारभित्र पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरिएको होे।
लिम्बुले केराबारी ९ कुसुमेस्थित आफन्तको घर नजिक को.१ च ८३६८ नम्बरको कारभित्र पेस्तोल र गोली राखी राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
हतियार कुन प्रयोजनका लागि बोकिएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।
प्रहरीले पक्राउ परेका लिम्बुविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रकाशित मिति : २०७८ जेठ २६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्