20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार, तीन युवक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

सुर्खेत ।

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ ।

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरूमाथि दुव्र्यवहार हुन थालेको छ ।

भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरूबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं। ११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका हुन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     9:20:47 AM  |