4 May 2024  |   शनिबार, बैशाख २२, २०८१

बेलायतमा भेटियो जलपरीको कंकाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

काठमाडौं । बेलायतको लिभरपूल शरहको मर्सीसाईस्थित समुद्रि किनारमा पार्टी गर्न पुगेका एक परिवारले जलपरीको कंकाल भेटाएका छन् । उक्त परिवारले कंकालको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेसँगै अहिले भाइरल बनिरहेको छ ।

जमिनमा मात्रै मानविय बस्ती भएको दावी गरिरहेको विश्वलाई यो कंकालको तस्वीर फेरि हैरानीमा पारेको छ । विश्वभर खलबली मच्चिएको छ ।

डेलीमेलको रिपोर्ट अनुसार १ जुनमा यूकेका क्रिस्टी जोन्स आफ्नो परिवारको साथ समुद्रि किनारमा पिकनिक मनाइरहेका थिए ।

त्यसैबेला समुद्रको किनारमा सबै परिवार आनन्द लिइरहेका थिए । अकस्मात उनको नजर समुद्रि किनारमा पल्टिरहेको अचम्मको वस्तुमा पर्यो ।

जब उनले नजिक गएर हेरे, तब एक हड्डिको अनौठो ढाँचा पाए । यो कंकाल मानिसको र माछा दुवैको संगमजस्तो देखिन्थ्यो ।

उनले भने, ‘कंकालको माथिल्लो हिस्सा मानिस जस्तै थियो । तर, तल्लो शरीरको भाग पूरै माछाजस्तै थियो ।’

उनले धेरैबेर नियालेपछि उक्त कंकाल जलपरीको भएको आंकलन गरे र तस्वीर लिए । यद्यपि भाइरल बनेको केही समयमै मानिसहरुले प्रश्न गर्न सुरु गरेका छन् ।

मानिसहरुले यो कंकालको तस्वीर साच्चीकै जलपरीकै हो कि कुनै कहानीको लागि तयार पारिएको वस्तु हो रु भन्दै प्रश्न गरेका छन् ।

अहिलेसम्म क्रिस्टीले लिएको जलपरीको तस्वीरको पहिचान एक रहस्यमय नै बनेको छ । द लिभरपुल इकोमा दिइएको अन्तरवार्तामा क्रिस्टीले भनेका छन्, ‘कंकाल भेटिएपछि सरकारी अधिकारीले त्यसलाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् ।’

अहिले सरकारी अधिकारीहरुले उक्त कंकालमाथि जाँच गरिरहेका छन् । तर, अहिलेसम्म कसैले पनि पत्ता लगाउन सकेका छैनन् कि आखिर यो कंकाल कसको हो । अधिकारीहरुले जाँच पूरा नहुँदासम्मका लागि जलपरीको कंकाल स्वीकार नगर्ने बताएका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     6:03:53 PM  |