भारतमा नयाँ काेराेना संक्रमित भेटिनेकाे संख्या लगातार घट्दै गएकाे छ। यद्पि संक्रमितकाे मृत्यु हुने दर भने घट्न सकेकाे छैन।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा भारतमा १ लाख ७३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन्।
याे अवधिमा ३ हजार ६ सय १७ जना संक्रमितकाे मृत्यु भएकाे छ। २ लाख ८४ हजार ६०१ जना संक्रमित निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका मन्त्रालयले जनाएकाे छ।
याेसँगै अहिलेसम्म भारतमा काेराेना संक्रमणमुक्त हुनेकाे संख्या २ कराेड ५१ लाख ७८ हजार ११ पुगेकाे छ।
२ कराेड ७७ लाख २९ हजार २ सय ४७ जनामा संक्रमण भएकाेमा ती मध्ये ३ लाख २२ हजार ५ सय ११ जनाले ज्यान गुमाएका छन्।
अहिले भारतमा २२ लाख २८ हजार ७ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ। भारतमा अहिलेसम्म २० कराेड ८९ लाख भन्दा धेरै मानिसलाई काेराेना भाइरसविरुद्धकाे कम्तीमा पहिलाे खुराक दिइएकाे छ।









प्रतिक्रिया दिनुहोस्