कोभिड खाद्य बैंकलाई जुट्दै सहयोगः हुलास खाद्यको एक लाख सहयोग



कोहलपुर ।

कोहलपर खाद्य बैंकलाई हुलास खाद्य उद्योगले एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उद्योगका म्यानेजर एन चक्रवतीले कोभिड खाद्य बैकका संयोजक प्रदिप भट्टराईलाई रकम हस्तान्त्रण गरेका थिए ।

रकम हस्तान्त्रण गर्दै उनले युवाहरुले गरेको मानवीय कार्यकोलागी सहयोग गर्न पाएको आफुलाई खुसी लागेको बताए ।

कोभिड खाद्य बैंकका संयोजक भट्टराईले हुलास खाद्य उद्योगले आफुहरुलाई सहयोग गरेको रकम चुलो नबलेका मानिसहरुको घरमा चुलो बाल्न ठुलो सहयोग पुगेको दाबी गरे ।

यस्तै सहयोग रकम बुझदै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले हुलास खाद्य उद्योगले कोहलपुर बासी जनताको लागी सधै सहयोग गदै आएकोले अहिलेको समयमा समेत सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार