काठमाडौँ ।
अमेरिकाको चर्चित संगीतकर्मी आरियाना ग्रान्डेले विवाहको तस्बिरहरु सार्वजनिक गरेकी छन्। उनले २५ वर्षका डाल्टन गोमेजसँग सन् २०२१ को मे १५ मा विवाह गरेकी हुन्।
२७ वर्षकी पपस्टार आरियानाले निकै व्यक्तिगत समारोहमा २० जनाको उपस्थितिमा विवाह गरेकी हुन्। सञ्चारमाध्यमका अनुसार आरियानाले आफ्नै घरान विवाह गरेकी हुन्। इन्टाग्राममा तस्बिर सार्वजनिक गर्दै उनले आफूले १५ मे विवाह गरेको बताएकी छन्।

डाल्टन गोमेजसँग इन्गेजमेन्ट गरेको बताएकी थिइन्। गोमेज सन् २०२० को फ्रेब्रअरीबाट डाल्टनसँग प्रेम सम्बन्धमा रहेकी थिइन्।
यस भन्दा अगाडि आरियाना कमेडियन पिट डेभिडसँग प्रेम सम्बन्धमा थिइन्। डेभिटसँग इन्गेजमेन्ट गरेकी आरियानाको सम्बन्ध केही समयपछि छुटेको थियो।





प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्