जुम्लामा अक्सिजन सहितका कोभिड अस्पताल



जुम्ला : जुम्लाको एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन । एक कोभिड अस्पतालमा न्युनतम ३ देखि ३० वटा अक्सिजन सिलिण्डर सम्म व्यवस्थापन गरिएको पाइएको हो । चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले कोभिड अस्पताल सञ्चालनमा छैन ।


यहाँको गुठिचौर गाउँपालिकामा पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको छ । २५ वटा सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए ।
उनले भने,‘कोरोना संक्रमितको प्राण भनेको नै अक्सिजन हो । कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर नहँुदा खासै अर्थ हुदैन् ।’ चिकित्सक र अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्क संग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको उनले बताए ।
अहिले सम्म अक्सिजन दिनु पर्ने बिरामी भर्ना भएका छैनन । बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन दिदैनौँ । उनले भने,‘लक्षण सहितका कोरोना संक्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।’
उनको गाउँपालिकामा १० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । हरेक बेडमा एक एक अक्सिजन सिलिण्डर राखिएको छ । उनले भने,‘अहिले सम्म बिरामी भर्ना भएको अवस्था छैन । यदि बिरामी भर्ना हुनु पर्ने अवस्था आएको खण्डमा कोभिड अस्पतालमै अक्सिजनको साहरामा चिकित्सकको निगरानीमा उपचार गर्न सकिने अवस्था छ । ’

गुठिचौर बाहेक जुम्लाको अन्य स्थानीयतहमा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा छन । हिमा गाउँपालिकामा तीन वटा, तिलामा तीन वटा, सिँजामा दुइ वटा र कनकासुन्दरी गाउँपालिमा पाँच वटा अक्सिजन सिलिण्डर सहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । जिल्लाको पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढेको अध्यक्ष लछिमान बोहोरा बताउँछन ।
उनले भने,‘गाउँमा लक्षण सहितका संक्रमित छैन । लक्षण नदेखिएका संक्रमित भएकोले होम आइसोलेसनमा बसेका छन । लक्षण देखिएको र गम्भीर प्रकृतिको बिरामी देखिएमा कोभिड अस्पतालमा उपचार शुरु हुन्छ ।’ भेण्टिलेटरमा राख्नु परेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनको लागि कोभिड एम्बुलेन्सको व्यवस्थापन गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यहाँका हरेक स्थानीयतहमा एक एक जना चिकित्सक खटाएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा स्थानीय तहमा सञ्चालित कोभिड अस्पतालमा तयारी राम्रै देखिएको बताउँछन । उनले भने,‘गाउँका सिंहदरवारमा खोलिएका कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर देखि चिकित्सक र बेड व्यवस्थापन राम्रो देखिएको छ । तर संक्रमितको उच्च निगरानी राख्नु पर्ने देखिन्छ । ’
उनले स्थानीयतहलाई एन्टिजेन र आरडिटी खरिद गरेर मास टेस्टिङ र ट्रेसिङमा जोड दिन आग्रह गरे । कोरोना संक्रमितका लागि अहिले अक्सिजनको आवश्यकता हो । अक्सिजन नपाउँदा कैयो संक्रमितको ज्यान जाने गरेको छ, कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने,‘कोभिड अस्पताल भित्रको तयारी सन्तोषजनक छ । तर संक्रमितलाई आइसोलेसनमा राखेर उच्च निगरानी राख्नु पर्ने आवश्यकता छ । ’
उनले जिल्लाबाहिरबाट आउनेको तथ्यांक राखेर आरडिटी वा पिसिआर गर्नु पर्ने बताए । पुर्वमन्त्री भण्डारी कोभिड अस्पताल र आइसोलेसन सेन्टर अनुगमन गर्न जुम्ला पुगेका थिए ।
जुम्लाको सिँजा गाउँपालिका बाहेक सबै स्थानीयतहमा न्युनतम २५ देखि अधिकतम ५० बेड सम्मका आइसोलेसन सेन्टर बनेका छन । तर संक्रमित घरमा बसेका छन । आइसोलेसन सेन्टर खाली नै छन । कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकायाले भने,‘अब नयाँ भेरियन्ट आउँदैछ । स्थानीयतहमा अक्सिजन देखि चिकित्सक र अन्य पुर्वतयारी गर्न जरुरी छ । ’

उनले कोरोना भाइरसको संक्रमणलाई खेलाँची नठान्न सुझाव दिए । हरेक स्थानीयतहमा कोभिड एम्बुलेन्स तयारी अवस्थामा राखेका छन । हिमा गाउँपालिकाका कार्यबहाक अध्यक्ष हिमाली रोकाया कोरोना संक्रमितको उपचार र निगरानीमा संवेदनशिल बनेको बताउँछिन ।
जुम्लाको सिँजा गाउँपालिका आइसोलेसन सेन्टर छैनन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई मध्येनजर गर्र्दै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने जनाएको छ । सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यन्नको बैंक बनाएर केन्द्रको निर्णय बमोजिम वितरण गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए । C khaspatra

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार
समाचार
प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। शिक्षा, विकास सहयोग, व्यापार तथा नेपाली समुदायसँगको सम्बन्ध दुई देशबीचको सहकार्यका प्रमुख क्षेत्रका रूपमा रहेका छन् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, परराष्ट्रमन्त्री शिशिर खनाल प्रि–कोप सम्मेलनमा सहभागी हुन शनिबार फिजी जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नोभेम्बर ९ देखि टर्कीमा हुने कोप–३१ सम्मेलनको तयारीका लागि फिजिमा आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री खनाल फिजी जान लागेका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धिअन्तर्गत हुने कोप सम्मेलनअघि हरेक वर्ष प्रि–कोप बैठक आयोजना हुँदै आएको छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । गिरीले ४७० मत प्राप्त गर्दै गोपाल रावतलाई पराजित गरेका छने भने उनका प्रतिस्पर्धी रावतले ९९ मत प्राप्त गरेका छन् । यस्तै, उपसभापतिमा दुर्गा ओली ३०९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी चक्र वलीले २६३ मत प्राप्त गरेका छन् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरिएको हो । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, जाजरकोटवासीले गत आर्थिक वर्षमा जडीबुटी संकलन तथा निकासीबाट २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८२÷८३ मा जिल्लाबाट ३७ प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ। टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ र झ्याउलगायत जडीबुटी ग्रामीण बासिन्दाको आम्दानीको प्रमुख स्रोत बनेका छन् । टिमुर मात्रै १ लाख ९८ हजार ७५९ किलो निकासी भएको छ । औसत प्रतिकिलो ६०० रुपैयाँका दरले टिमुरबाट करिब १२ करोड रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ । यस्तै, झ्याउबाट पनि ३ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव आज फेला परेको छ । एनएनएमजीएका अनुसार पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको टोलीले खोजीका क्रममा शव फेला पारेको हो । यसअघि सात जनाको शव भेटिएको थियो । १६ जना बेपत्ता भएकामा हालसम्म ११ जनाको शव फेला परेको छ भने पाँच जना अझै बेपत्ता छन् । खोजी तथा उद्धार कार्य जारी छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । ट्र्याक खुलेसँगै सडकमा सर्वसाधारणको आवतजावत सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी छ । यसैबीच सडकखण्डमा बेलिब्रिज जडानको तयारीसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेशन तयार भइसकेको छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, लगातार तीन दिन घटेको नेप्से परिसूचक बिहीबार ०.२६ अंकले बढेको छ । बैंकिङ, विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य बढेपछि बजारमा सामान्य सुधार देखिएको हो । आज १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ । कारोबार रकम पनि बढेर ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । हिजो बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोमा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेको हो । ग्लामोस र स्वीस एकेडेमी अफ साइन्सेजको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै हिमनदीको बरफ झन्डै २० प्रतिशतले घटेको छ । विज्ञहरूले वर्तमान अवस्थामा अल्पाइन हिमनदी लामो समय टिक्न कठिन हुने बताएका छन् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेटले तथा भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारत र पाकिस्तानबीचको स्वर्ण पदकका लागि फाइनल खेल शनिबार हुनेछ । यस्तै, कांस्य पदकका लागि बङ्गलादेश र श्रीलङ्का पनि शनिबार नै भिड्नेछन् ।