20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दाङमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयाे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २५, २०७८  

दाङ – दाङमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा रहेका गढवा गाउँपालिका- ७ घोराहीका अन्दाजी ६० वर्षीय टिकाराम चौधरी रहेका छन।

शुक्रवार राति गढवाबाट बालापुरतर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ त २४५० नम्बरको ट्र्याक्टर गढवा गाउँपालिका-७ बालापुर नजिकै ठोक्किएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पताल ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

मोटरसाइकल चालक मानपुरका ४५ वर्षीय चुडामणि पौडेल घाइते हुनु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पौडेलको लमही अस्पतालमा उपचार भइरहेको छ ।ujyaaloonline.com

 

प्रकाशित मितिः शनिबार, बैशाख २५, २०७८     1:15:06 PM  |