7 September 2024  |   शनिबार, भदौ २२, २०८१

महिला सांसद् माथी हातपात गर्ने डीआईजी धानुकलाई निलम्बन गर्न माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८  

बुटवल ।

लुम्बिनी प्रदेशमा महिला सांसदमाथी हातपात र दुर्व्यवहार गर्ने प्रदेश प्रहरी प्रमुख तथा डिआईजी रबिन्द्र धानुकलाई कारबाही गर्न माग गरेका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्हरुले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै डिआईजी धानुकलाई निलम्बन गर्न माग गरेका हुन् ।

मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र दुर्व्यवहार गरी महिला हिंसा गरेको चारै पार्टीका सांसद्हरुको आरोप छ। उनीहरुले डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिला सांसद्माथी हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ। धानुकविरुद्ध कानूनी उपचार पनि खोज्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताएकी छन् ।

लुम्बिनी प्रदेशमा एमाले बाहेकका दलका ४१ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दा–गर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका शंकर पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए। सो नियुक्तिको विरोध गर्दै उनीहरु मुख्यमन्त्रीको शपथ रोक्न प्रदेश प्रमुखको कार्यलयमा धनामा बसेका थिए ।

 

प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८     1:07:25 PM  |