राजश्व छलेर ल्याइएको अखाद्य वस्तुसहितको गाडी सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको समयमा पनि राजश्व छलेर वीरेन्द्रनगर ल्याइएको अखाद्य वस्तुसहित मार्सल जनरल स्टोर (वीरेन्द्रनगर) को गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
सो स्टोरको नाममा रहेको कर्णाली प्रदेश ० २००१ क ०१२१ नम्बरको गाडी केही समय अघि प्रहरीले कब्जामा लिएको हो । गाडीमा २५ बोरा कर छली गरेर ल्याइएको सुर्ती रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीषक (डिएसपी) रामप्रसाद घर्तीले अवैध सामाग्री आएको सूचनाका आधारमा चेकजाँच गर्दा उक्त वस्तु फेला परेको जानकारी दिए ।
बाहिर चाउचाउ लगायतका खाद्य वस्तुले छोपिएको थियो’ उनले भने, ‘गाडी भित्र गोल्डेन कम्पनीको कर छली गरी ल्याइएको ५ लाख बराबरको सुर्ती फेला परेको छ ।’
नियन्त्रणमा लिइएको सूर्ती आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यलय सुर्खेतमा पठाइएको उनले बताए । यस्तै गाडीका चालक अशोक शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको घर्तीले जानकारी लिए ।