19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

सल्यानमा विद्यालय जाँदै गर्दा भिरबाट लडेर एक बालिकाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

सल्यान ।

सल्यानमा विद्यालय जाँदै गर्दा मंगलबार बिहान भिरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । छत्रश्वरी गाउँपालिका-२, अत्तरकाँडाकी १४ वर्षीया चन्द्रकला नेपालीको मृत्यु भएको हो ।

सोही गाउँपालिका-१, दमाचौरमा रहेको भानुभक्त माध्यमिक विद्यालयमा अध्ययनरत चन्द्रकला सुसाउनेको भिरबाट लडेरकी थिइन् ।

उक्त भिरबाट करिब तीन सय मिटर तल दह खोलाको किनारमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

‘गोरेटो बाटो एक घण्टा पैदल दुरीमा उक्त विद्यालय छ,’ उनले भने, ‘घरदेखि चन्द्रकला आधा घण्टा हिँडेपछि लडेर मृत्यु भयो ।’ चन्द्रकला कक्षा १० अध्ययतरत थिइन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     4:02:30 PM  |