19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोरोना जोखिम भएका जिल्लामा १५ दिन निषेधाज्ञा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

काठमाडौँ । मुलुकभरमा नोबेल कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण दर तीव्र गतिमा बढेपछि रोक्न सरकारले तत्कालका लागि बिभिन्न ९ जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निणर्य गरेको छ ।

हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निणर्य गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसअघि बाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा गर्ने निणर्य भइसकेको थियो । यी जिल्लामा अब यो निषेधाज्ञाको समयावधि मन्त्रिपरिषद्को निणर्यअनुसार १५ दिनसम्म पुग्नेछ ।

मन्त्रिपरिषद् बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेस तथा हकमा ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निणर्य पनि गरेको छ । अन्तराष्ट्रिय तथा अन्तरिक हवाइ उडान भने तत्काल नरोकिने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले पर्सिदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गर्ने निणर्य गरेका छन् भने बाँके र बर्दियामा गएरातिदेखि नै निषेधाज्ञा जारी भएको छ ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । कोरोनाविरुद्ध निषेधाज्ञा जारी गर्ने जिल्लाको सङ्ख्या हालसम्म ९ पुगेको मृहमन्त्रालयले जनाएको छ ।

निषेधाज्ञाको आदेश उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन् अन्तर्गत कारबाही अघि बढाउन स्थानीय प्रहरीप्रशासनलाई गृहमन्त्रालयले निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

त्रिभुवन विश्विविद्यालयले दोस्रो लहरको कोरोना सङ्क्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निणर्य गरेको छ ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सबै परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निणर्य गरेको हो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     8:43:34 AM  |