18 September 2024  |   बुधबार, अशोज २, २०८१

कोहलपुरमा खुल्यो माँ बागेश्वरी मेटल एण्ड प्लाष्टिक ईण्डष्ट्रिज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा माँ बागेश्वरी मेटल एण्ड प्लाष्टिक ईण्डष्ट्रिज सञ्चालनमा आएको छ । कोहलपुर, ९ मा रहेको माँ बागेश्वरी मेटल एण्ड प्लाष्टिक ईण्डष्ट्रिजको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले ईण्डष्ट्रिजको उद्घाटन गरेका थिए । सोही अवसरमा बोल्दै उनले सेवाग्राहीको माग र आवश्यकता अनुसार अब उद्योगीहरुले सेवा उपलब्ध गराउनुपर्ने बताए ।

‘कोरोनाका कारण निजी क्षेत्रमा परेको नकारात्मक असर कम गर्नका लागि राज्यले विशेष नीति लिनुपर्छ’ केन्द्रिय सदस्य अधिकारीले भने । कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका ईण्डष्ट्रिजका अध्यक्ष लक्ष्मणराज पौडेलले सात करोड लागतमा उद्योग सञ्चानलमा ल्याइएको जानकारी दिए । उनले दाङदेखि पश्चिम नेपालमा आफ्नो सेवा विस्तार गरिने बताएका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ठाकुर प्रसाद थारुले निजी क्षेत्रको विकास र समृद्धिका लागि स्थानिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाली काँग्रेसका महासमिति सदस्य नारायण प्रसाद गौडेलले नेपाली काँग्रेसले निजी क्षेत्रको लगानीमा निर्माण भएका उद्योग कलकारखाको संरक्षण गर्नका लागि विशेष नीति लिईरहेको जानकारी दिए । उनले निजी क्षेत्रबाट लगानी गरिएका उद्योगहरुको विकासका लागि लगानी मैत्री वातावरण निर्माण गर्नुपर्ने बताए ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     9:50:46 AM  |