19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘सरसफाई र स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिक्यो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७  

ऐतिहासिक रुपमा पनि हेर्ने हो भने महामारी शताब्दी कै अन्तरालमा आउने गरेको पाइन्छ । तर सबै रोगहरु सरसफाई र स्वच्छ खानेपानी, पोषण यूक्त खानपिन नभएकै कारण लाग्ने गर्दछन् । अहिले विश्वलाई त्रसित बनाइरहेको भाइरस पनि मानिसहरुले नियमित रुपमा सरसफाई र खानेपानी जोडेर आएको छ । जसका कारणले देशले निकै ठूलो आर्थिक असर व्यहोरिरहेको छ । अहिले नेपालमा कोरोना संक्रमित पनि बढ्दै गएको अवस्था छ । कोरोना महामारीमा सरसफाई, खानेपानी र पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा प्रदेश नम्बर ५ स्तरीय खानेपानी तथा सरसफाई समितिका सदस्य तथा नेकपा बाँकेका नेता गोपाल गिरीसँग मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता शुभाकर विश्वकर्माले गरेको कुराकानी ।


प्रदेश नम्बर ५ स्तरीय खानेपानी तथा सरसफाई समितिका
सदस्य तथा बाँकेका नेकपाका नेता गोपाल गिरी


१. कोरोनाको कहरमा यहाँको दैनिकी कसरी बितिरहेको छ ?

कोरोनाले विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । महामारी फैलिएपछि हामी पनि सर्तकताका साथ आफ्ना कामहरु सञ्चालन गराइरहेका छौं । यो नयाँ प्रकारको भाइरस भएको कारणले गर्दा मानिसहरु धेरै त्रसित भएका
थिए । तर अहिले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार काम गर्ने हो भने सहज तरिकाबाट काम हुने मैले महशुस गरेको छु । अहिले विश्वको नै अर्थतन्त्रलाई निकै प्रभाव पारेको छ । त्यसमा पनि नेपाल विकासउन्मुख देश हो । यहाँका जनताहरुलाई पनि निकै समस्या भने भएको सजिलै ठम्माउँन सक्दछौं । नेपालमा लकडाउन हुनभन्दा पहिले यहाँका मानिसहरुले बाहिरको नयाँ भाइरस आएपछि निकै त्रसित भएको थिए । जुन नेपालीले आफ्नो घर नजिकैका बाटा, सडकहरु समेत बार लगाउने समेत गरेको समाचार, अनलाइन र अन्य सूचनाको माध्यमबाट पाइरहेका थियौं । जब नेपालमा एक जना कोरोना संक्रमित भएको बेलामा सबै जना बाहिर सडक र बाटोमा देखिएको अवस्था थिएन । जब मानिसहरुको भोको पेटले गर्दा मानिस भित्र बस्न सक्ने अवस्था नआएपछि बाध्यताले बाहिर आएका छन् । अहिले कोरोना भाइरस केही कम भएको छ । नेपालमा ६ महिनापछि लकडाउन खोलेपछि व्यापारी, यातायात, हवाई जस्ता क्षेत्रमा केही सहज भएको छ । तैपनि अझै पनि नेपाली जनता त्रसित भैरहेका छन् ।

२. बाँके जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणमा गरिरहेका कामहरुलाई यहाँले कसरी हेरिरहनुभएको छ ?

नेपालमा सबैभन्दा पहिले विदेशबाट आएका व्यक्तिहरुसँग देखिएको थियो । तर त्यसपछि छिमेकी देश भारतबाट नेपाली कामदारहरु आएपछि केही क्षेत्रमा कोरोना संक्रमण बढेको देखिन्छ । नेपाल र भारतको बीचको खुल्ला सिमानाका कारणले पनि होला । नेपालीहरु भारतमा काम गर्नका लागि धेरै काम गर्ने शिलशिलामा जार्ने गर्दछन् । त्यसमा पनि बाँके जिल्ला पनि भारतको सिमासँग खुल्ला सिमाना जोडिएको छ । त्यसकारणले बाँके जिल्ला संम्बेदनशिल देखिएको थियो । नेपालमा बाँके जिल्ला पनि रेड जोनमा परेको थियो तर अहिले कोरोना संक्रमणको दर भने कम भएको देखिन्छ । बाँकेमा कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि संघिय सांसददेखि लिएर स्थानीय नेता तथा कार्यकर्तासम्म लागेका छन् । बाँके जिल्लाको प्रशासन क्षेत्रको नेतृत्व गर्ने बाँकेको सिडिओ समेत कोरोना रोकथाममा खटिरहेको अवस्था छ । बाँकेका ८ स्थानीय तहका शिर्ष नेताहरुले कोरोनासँग जुध्नका लागि निकै छलफल र अन्तक्रिया समेत गरेका छन् । जसका कारणले गर्दा कोरोना संक्रमण दर घटाउन सहज भएको छ । कोरोना नयाँ भाइरस भएको हुनाले के गर्दा राम्रो हुन्छ, कस्तो गर्दा राम्रो हुन्छ । कसरी जाँदा न्यूनिकरण गर्न सकिन्छ भन्ने नै थाहा थिएन । त्यसकारणले गर्दा झन् समस्या आउँछ कि भन्ने नेकपाका शिर्ष नेताहरुको भन्नुहुन्थ्थौं । तर नयाँ भाइरस भएतापनि उहाँहरुले रातदिन नभनी काम गरेका कारणले गर्दा केही कम भने भएको छ । बाँके जिल्लाका स्थानीय तहका जनप्रनितिधिहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा जुन किसिमको भूमिका खेल्नुभएको छ, त्यो सन्तोषजनक छ । जनप्रतिनिधिहरुलाई पनि नयाँ विषय थियो । एउटा टेनिङ्ग प्रिरियड जस्तो । हामीले महशुस ग¥र्यौ । यहाँ भएका विभिन्न संघसंस्थाहरुले पनि परामर्श गर्ने जस्ता कामहरु पनि गर्नुभएको थियो । स्थानीय तह तथा अन्य विभिन्न संघ संगठनहरुले पनि राहत वितरण गर्नुभएको
थियो भने राहत समेत जम्मा गर्नुभएको थियो । त्यसकारणले पनि गरिब, निम्नवर्गका मानिसहरुलाई भने भोकमरी पर्ने दिएका छैनन् । सबै संघ संस्थाहरुले पनि हातमा हात मिलाएर काम गरेको पाइन्छ । त्यसमा सबैले समन्वय ढ्ङगबाट काम गरेको मैले महशुस गरेको छु ।

३. महामारीमा राजनीतिक दलले कसरी आफ्ना काम कारबाहीहरु अगाडि बढिरहेका छन् ?

महामारीको रोकथाम तथा नियन्त्रण गर्नका लागि बाँकेका राजनितिक दलको निकै ठुलो भूमिका रहेको छ । प्रशासनतर्फको नेतृत्व गरिरहनु भएका सिडिओसहितको टिम निर्माण भएको हुन्छ । जसमा यहाँका राजनीतिक दलका शिर्ष नेताहरुको समिति समेत बनेको छ । सो समितिले रोकथाम, न्यूनिकरण गर्नका लागि खेल्ने भूमिका जस्ता कुराहरुमा छलफल गरी निर्णय गरेको मैले पाएको छु । स्थानीय तहमा निर्वाचित जनप्रनितिधिहरुले पनि आफ्नो सक्रिय भूमिका देखाउनुभएको छ । राजनीतिक दलको जिल्ला कमिटि, नगर कमिटि, वडा कमिटि, वडा सदस्य लगायतको टोली सक्रिय भूमिका खेल्नुभएको मैले महशुस गरेको छु ।अन्य सामाजिक रुपमा प्रतिष्ठत रुपमा परिचित व्यक्तित्वहरुले पनि कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने जनचेतना, परामर्श गरी सचेतना फैलाउने काम भएको मैले पाएको छु ।

४. बाँकेमा कोरोना रोकथामका नाममा भएको खर्च विवरणलाई लिएर आलोचना भएको अवस्थामा यहाँको धारणा के छ नी ?

आलोचना नआउनु भन्ने हुँदैन । नेपालमा यस्तो समाज भएको छ की जुन काम गरेपनि त्यसमा आलोचना गर्ने मानिसहरुको जमात फरक हुन्छ । कोही बुझेर पनि आलोचना गरेको हुन्छ भने कोही नबुझेर पनि आलोचना गरेको पाइन्छ । अहिले कोरोनाको नाममा खर्च कस्तो तरिकाले आएको भन्ने सबैलाई थाहा छैन । तर अहिले यो नयाँ भाइरस भएको कारणले हो । के गर्ने कस्तो गर्दा प्रभावकारी हुन्छ । भन्दाभन्दै पनि खर्च भएको हुनसक्छ । केही स्थानीय तहमा जानेर वा नजानेर पनि बढी खर्च भएको होला । तर त्यसमा पनि कोही स्थानीय जनप्रनितिधि र अन्य कर्मचारीहरुले पापी मन बोकेर लुकाउने र छिपाउने गरेको छ भन्ने त्यो अहिलेसम्म पाएको छैन । अर्को तर्फ यो खर्च संरचना बनाएर आएको खर्च हो भने त स्वभाविक नै हो किनभने संरचना भनेको अर्को पटक काम लाग्छ । बाँकेमा मात्र नभएर नेपालमा नै कुनै संरचनाहरु रहेका थिएनन् । जस्तै आइसोलेसनमा राखिने कुराहरु, क्वारेन्टिनमा राख्ने कुराहरु । लकडाउनका कारणले नेपाली जनताहरु स्वदेशमा ल्याउने उनीहरुलाई व्यवस्थापन गर्ने जस्ता कुराहरुले पनि खर्च बढेको हुनसक्छ । अहिले कोहलपुर नगरपालिकाले वडा नं. २ मा रहेको प्राकृतिक अस्पताल बनिरहेको छ । त्यहाँ कोहलपुर नगरपालिकाले ३० लाख बराबर खर्च गरेको छ । ४०÷५० जना बस्ने गरी कोहलपुर नगरपालिकाले लगानी गरेर आइसोलेसन बनाएको छ । संरचना बन्ने खर्च छ । यसमा नै जोडिएर आएको छ भने मलाई त्यति ठूलो लाग्दैन । तर संरचना बन्ने खर्च हो भने स्वीकार्नु पर्दछ । तर त्यो नभएको अन्य क्षेत्रमा मात्र खर्च भएको हो भने अख्तियार छ । त्यसले छानविन गर्ला तर मलाई भने दुरुपयोग भएको जस्तो लाग्दैन । आलोचना आएपछि यहाँका जनप्रतिनिधिहरुले यसतर्फ गम्भिर भएर लाग्न अनुरोध समेत गर्दछु ।

५. महामारीको बेलामा सरसफाई कतिको जरुरी छ ?

एकदम राम्रो प्रश्न, वास्तवमा म पनि सरसफाई क्षेत्रसँग नजिक भएको र विभागको पनि सदस्य भएको नाताले यसले कोरोना रोकगथाम गर्नका लागि निकै सहयोग पु¥याएको छ । सरसफाईका माध्यमबाट रोग लाग्नुभन्दा रोगै लाग्न नदिन हाम्रो अनुरोध । खानेपानी र सरसफाई मानिसको जिवन स्तरसम्म जोडिएकोले यो जिवनको निकै महत्वपूर्ण भूमिका खेल्छ । सरसफाई र खानेपानी २४ सै घण्टामा आवश्यक पर्ने भएकोले प्रमुख प्रथामिकतामा राख्न अनुरोध समेत गर्दछु । जसलाई सबैले सररफाईलाई विशेष ध्यान दिनुपर्दछ । क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई सरसफाई र खानेपानी प्रयोग गर्न काउन्सिल गर्ने परामर्श दिने जस्ता कुराहरु जनचेतना फैलाउनुपर्दछ ।

६. कतिपय अवस्थामा कपडाको मास्क, सलको मास्क समेत लगाएको पाइन्छ तर यो स्वास्थ्यका लागि कतिको राम्रो छ ?

गुणस्तरीय मास्क लगाउनुपर्दछ । गुणस्तरीय हुनुपर्दछ भन्नेपछि बुझियो । पहिले हामीले धुलो धुवाबाट बच्नबाट मास्क लगाउने
गथ्र्यौं तर अहिले भाइरसबाट बच्नका लागि मास्क लगाउनुपर्दछ । अहिलेको मास्क भनेको भाइरसबाट बच्नका लागि फरक खालको र सर्जिकल मास्क लगाउनुपर्दो रहेछ । आफूमा भाइरस छ भने आफूमा नआओस् भनेर लगाइने मास्क हो । सुरुमा मास्क सबैको हातमा मास्क नपुगेका अवस्थामा कसैले रुमालले मुख छोप्ने, कसैले दोपटाले मुख छोप्ने गर्नुभयो भने त्यतिबेला मास्कको अभाव कै कारणले गर्दा यस्तो भएको हो जस्तो मलाई लाग्छ । कसैले कपडाको मास्क समेत लगाइएको पाइयो । मास्क लगाउँदा स्वासप्रस्वासमा समस्या हुन्छ भन्ने हामीले कहिकतै पाउँछौ तर असहज भएपनि टाढा भएको बेलामा नलगाएपनि नजिक बस्दा भने मास्क लगाउन आवश्यक रहेको छ ।

७. विश्वमा महामारी फैलिएको छ जसलाई तेस्रो विश्वयुद्ध समेत भन्ने गरेको पाइन्छ । महामारीपछिको समग्र नेपाल कस्तो होला ?

नेपाल मात्र नभएर विश्वका हरेक देशमा महामारीले निकै चपेटामा परिरहेको अवस्था छ । विश्वका समाचार अनुसार केही देशहरुमा निकै मृत्युदर बढेको र कोरोना संक्रमित बढेको भन्ने सुनियो । तर नेपालमा मृत्युदरको रेसियो हेर्ने हो भने त्यति डरलाग्दो अवस्था छैन । अब तर पनि सहज हुनुपर्ने जरुरी देखिन्छ । विश्वमा रोगले प्रभाव पार्ने कुरा छुट्टै हो । तर युद्ध भन्ने कुरामा चाँही यो भाइरस कसैले बनाएर पठाएका जस्ता कुराहरु समाचारहरुमा सम्प्रेसन भए । तर त्यसमा मलाई विश्वास छैन । मैले त्यसमा विश्वास पनि गरेको छैन । वास्तवमा त्यो हुँदा पनि होइन जस्तो लाग्छ । प्राृकतिक रुपमा के नमिले र के भाइरस उत्पादन भयो । बीचबीचमा महामारी निम्त्याउने खालका भाइरसहरु आउने गरेको ऐतिहासले पनि देखाउँछ । नबुझेर नजानेर कुराले निकै त्रसित भयौं तर अहिले बुझ्दै जाँदा यो सामान्य सावधानी अपनाउन सक्यौं र इमिनिटि पावर अर्थात् रोगनिरोधक शक्ति भयो भने हामीले कोरोना सजिलै जित्न सकिन्छ । तर महामारीले विश्वमा भने केही न केही परिवर्तन भने अवश्य ल्याउँछ ।

८. अन्त्यमा सम्पूर्ण नेता कार्यकर्ता र आम जनताहरुलाई के भन्न चाहानुहुन्छ ?

कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी समस्या हो । योे समस्या समाधान अहिले आवश्यकता हो । विश्वका शक्ति सम्पन्न राष्ट्र समेत यसबाट निकै नराम्रोसँग प्रभावित भएका छन् । नेपालमा समेत दिनानुदिन बढ्दै गइरहेको अवस्थमा छ । करिब ७ महिनाको लकडाउनले धेरै कुरा गुमाएको छ । संक्रमित समेत बढिरहेको अवस्थामा हामी सचेत रहनुको विकल्प छैन । सबैले आफूलाई सुरक्षित राख्नको लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक ठान्दछु । आवश्यक स्वास्थ्य सुरक्षा अपनाऔं । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा ध्यान दिन जरुरी छ । सर्वसाधारणलाई भने मास्क प्रयोग गरौं, सामाजिक दुरी कायम गरांै, सेनिटाइजर प्रयोग गरांै भन्न चाहन्छु । हामी यसबाट डराउने होइन संयमित भएर आफ्ना कामहरु गर्नेुपर्ने आवश्यक ठान्दछु । अवसरको लागि मिसन टुडे दैनिकलाई धन्यावाद ।

प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७     2:33:47 PM  |