जुम्ला :
नेपालको चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् ।
अवकाश प्राप्त डाक्टर गोविन्द केसीले विभिन्न माग राख्दै जुम्लामा १९ औ सत्याग्रह शुरु गरेका हुन् । सोमबार चन्दननाथ नगरपालिका ६ मा रहेको मष्टोको धानमा उनले सत्याग्रह शुरु गरेका हुन् ।
उनी यसअघि २०७५ जुम्लामा पहिलोपटक अनसन बसेका थिए । सत्याग्रह शुरु गर्नुपूर्व पत्रकार सम्मेलनमा बोल्दै केसीले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका लागि आफूले सत्याग्रह शुरु गरेको बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने १९ औ सत्याग्रहका माग हुन ।
यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने उनले माग राखेका छन् भदौ २९,










प्रतिक्रिया दिनुहोस्