जुम्ला :
जुम्ला जिल्लाका आइसोलेसन तथा क्वारेन्टिनमा रहेका व्यक्तिहरुका लागि आइसोलेसनमा पुस्तक अभियान शुरु गरिएको छ ।
कोरोना कहरका कारण प्रभावित भएका व्यक्ति, कोरोना संक्रमितहरु र कोरोना जितेर घर फर्किएका व्यक्तिहरुलाई समय बिताउन सहज होस भन्ने उद्देश्यले जिल्लाहरुले युवाहरुको सक्रियतामा यो अभियान थालिएको हो ।
अभियान अन्र्तगत अहिले पुस्तक संकलन भइरहेको छ । किताब संकलनको कार्य जारी रहेको र विभिन्न व्यक्तिहरुबाट पुस्तक सहयोग भइरहेको अभियान्ता धनराज सुनारले बताए ।
उनका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा रहेका आइसोलेसनमा रहेका बसिरहेका व्यक्तिहरुलाई कोरोनाको त्रासपुर्ण मानसिकता बाट मुक्त गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गतको पुस्तक संकलन अभियान नै पुस्तकहरु संकलनको कार्य भइरहेको उनले बताए ।
साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरु क्वारेन्टिन तथा आइसोलेनमा रहेका पुस्तक अध्ययनको लागि निःशुल्क प्रदान गरिनेछ ।
अहिले सम्म लेखक पुरिचन्द देवकोटा, पत्रकार महेश नेपाली, लेखक तथा कर्मचारी खडानन्द चौलागाई, यमराम कार्की, कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाही, स्टेशनरी व्यवसायी गणेश रोकायाले पुस्तक सहयोग गरेका छन् । पुस्तक संकलन कार्य जारी रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्