कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकमा रहेको श्री शंकर भगवान मन्दिरमा दुर्गा देविको मन्दिर बन्ने भएको छ ।
कोहलपुरका समाजसेवी प्रदिप शाह र उनकी धर्मपत्नी उषा शाहको सहयोगमा दुर्गादेविको मूर्ति निर्माण हुने भएको हो । शुक्रबार दुवैजनाले एक कार्यक्रमका बीच उक्त मूर्ति निर्माणको लागि शिलान्यास गरेका छन् ।
न्दिर व्यवस्थापन समितिका सचिव छविलाल आचार्यका अनुसार उनीहरुको सहयोगमा मन्दिरमा दूर्गा देविको मुर्ति निर्माण हुनेछ । मूर्ति निर्माणको लागि सम्पूर्णू खर्च शाह दम्पतिले नै व्यहोर्नेछन् ।
मूर्ति निर्माणको लागि १ लाख बढि रकम लाग्ने अनुमान गरिएको सभिव आचार्यले बताए । उनले कोहलपुर नगरपालिका वडा नम्बर ३ का अर्का समाजसेवी नरेन्द्र कर्माचार्यले समेत राधा कृष्णको मूर्ति स्थापनाका गर्ने बताए । त्यसको लागि निर्णय समेत भएको उनको भनाई छ ।
यता त्यही कोहलपुर ३ का समाजसेवी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दोण्रप्रसाद जैशीले नेपाल कै अग्लो ७५ फिटको हनुमानको मूर्तिका साथै राम,सिता र लक्ष्मणको मूर्ति व्यक्तिगत ४० लाख सहयोगमा मूर्ति निर्माण गरेका छन्
। मन्दिरले सामाजिक तथा सस्कृति संरक्षण गरिरहेको सचिव आचार्यले मिसन टुडेलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्