पृथ्वी बहादुर सिङ
लिलाराम सेरी गाउँको मा.वि.बाट ए.एस.सी. परीक्षा पास गरेर उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ जान आमा वीनालाई अड्डि कस्न थालेको थियो । लिलारामको बुवा काशीरामको ऊ १० वर्ष ५ कक्षा पढ्दै गर्दा अचानक मुटु फुटेर स्वर्ग आरोहण भएको थियो । लिलाराम सेरी गाउँ मुखीयाको छोरो हो । निर्दलीय पञ्चायती कालमा जग्गा सर्भेनापी भएपछि मुखीया जिमुवालले उठाउने जग्गा कर जिल्ला मालपोतले उठाउन थालेपछि गाउँलेहरू मुखीया जिमुवाल परिवारको खेतीपाती सरसहयोग गर्नमात्र छोडेनन् तिरो उठाए बाफत पाउने कर सुभिधा छुटिसकेको थियो । माहाभारत प्रर्वत श्रृखलामा बसेको सेरी गाउँको मुखीया लिलारामको निम्न मध्यम परिवार आफै खेतिपाती गर्ने लागेको थियो ।
सेरी गाउँका टिके राजा खलगको राजा श्री २ र श्री ५ शाह खलगसँगको वैवाहिक सम्वन्धले शाही सेनाको उच्च पद, राष्ट्रिय पञ्चायतको सदस्य हुन् । राज्यका अनेक श्रोत साधन लगाएर विजय भई माननीय मन्त्री हुन पुगेका थिए । सेरी गाउँबाट बस्ती सरेर राजधानी काठमाण्डौ समेतमा विसाल भवन बनाएर शाक सैकतसँग बसेका थिए । लिलाराम सँगै एस.एल.सी.पास गरेका शाही खलगका उच्च शिक्षा हासील गर्न काठमाणडौ गैसकेका थिए । एस.एल.सी. पास गरेको एक वर्ष भै सक्दा पनि लिलाराम सेरीगाउँको खेतीपाती गर्नु केटी जिस्काउनेमा समय बितेको थियो । टेके राजाहरूको छोरा उसँगै एस.एल.सी. पास गरेका राजेन्द्रे, दिपके मिन पचासको विदामा सेरीगाउँ आएर लिलारामलाई त कहिले काठमाण्डौ पढ्न आउने होस भनि जिस्काउने गर्थे ।
लिलाराम भने हरेक दिन आमालाई मलाई ऋणदाम गरेर भएपनि उच्च शिक्षा पढाउन काठमाण्डौ पठाउ भनी कच्कच् गरिरहन्थो । एक दिन आमाले लिलारामलाई भनिन् “हेर बाबु मेरो विवाहमा तेरा बुवाले कानमा लगाउने पाँच तोला चेप्टे सुन, तिन तोलाको सुनको तिरहरी, दश तोलाका खुट्टामा लगाउने कल्ली पहिराइ दिएका हुन् । लैनो भैसी बेचेर राखेको पाँच हजार बुढाले सानो भड्डुमा राखेका पाँच सय दोबिटे चाँदीका लाढ कम्पनी रुपंैया सबै एकएक गर दिदै भनिन् “यही हो तोरो बुवाको सम्पति काठमाण्डौ क्याम्पसमा कतिसम्म पढ्न पुग्छ पढ् भनी दिइन् । वर्षा सकिए पछि दशै तिहार मनाई लिलाराम आमाले दिएका गरगहना रुपैयाको पोको झोलामा राखेर चारदिन पैदल हिडी भालुवाङ पुगी रात्री बसमा चढेर विहान काठमाण्डौ सहर पु¥यो । टेके राजा माननीयका घर अनामनगर घरजान नगर बसमा गएर त्यो रात त्यही बस्यो ।
टेके राजा र माननीयका छोराहरू महङगा इन्जिनिएर र साईन्स क्याम्पसमा एक वर्ष पहिले अध्ययन गर्न थालेका थिए । उनीहरूसँगै तिनै क्यामपसमा पढ्ने लिलारामको रहर थियो । क्याम्पस भर्ना मासिक फि बागबजार अनामनगर तिर बहंगो कोठा भाडा लिएर बस्ने हो भने आमाले दिएको धनमालले वर्ष पनि नपुग्ने हिसाब ग¥यो । भेलिपल्ट सस्तो क्यामपस खोज्दै शङकर देव क्याम्पसमा गएर भर्ना भयो । कोठा डेरा सस्तो खोज्दै किर्तिपुर कोठा लिएर पढ्न थाल्यो । निर्दलीय पञ्चायती व्यवस्थाले वहुदलीय सबै पार्टीमाथी प्रतीबन्ध लगाएको थियो । ती पार्टीहरुको भूमीगत कर्मथलो क्यामपसका विद्यार्थी र शिक्षक बनाईका थिए । लिलाराम क्यामपस भर्ना भएको एक महिनमा नै राम बहादुर कमरेट नामको जनमोर्चा कार्यकर्ताबाट संगठित हुन पुगेका थिए ।
त्यो समयमा छोटे राजा महापञ्चका छोराहरू मण्डले, ब्यापारी, जिमीदारका छोराहरू ने.वी.संघ, निम्न मध्यम र निम्न परिवारका छोराहरू बामपन्थी बिभिन्न घटकहरूको साझा अनेरास्वेवियु नामको विद्यार्थी संगठनमा संगठित हुने क्याम्पसहरूमा अनेकांै राजनितक बिवादमा झडप हुने क्रम चलिरहन्थो । उता आफ्नै सेरिगाउँका टिके दरवारीया छोराहरूका रवाव सानसैकात हेरेर लिलारामको मनमा आगो बलिरहन्थो । जनमोर्चा पार्टीले मार्श लेलिनन् माउत्सेतुङले कृषक र सर्वहाराको साथ लिएर शसस्त्र व्रmान्तिगरी सामान्त र पुजीपतिलाई परास्त गरी विभिन्न मुलुकमा समाजवादी राज्य स्थापना गरेको जनताहरू सुखी भएको राम बहादुरहरूले प्रशिक्षण दिदा–लिदा कुनबेला पार्टीले शसस्त्र विदोहको घोषण गरी बन्दुक उटाएर निरंकुस सामान्तबाद दरवारीयाहरू सखाप बनाउला भनी कल्पना गरिरहन्यो ।
कक्षाको अध्ययनभन्दा माक्सवाद लेलिनवाद, शसस्त्र माओवादी जनयुद्धक्रान्ति गरेर देशका नेपाली अनुवाद पुस्तकहरू र जनमोर्चा पार्टीका दस्ताबेजहरू बडीनै अध्ययन थालेको थिए । घरबाट अध्ययनको लागि लिएको सुनधन तिन वर्षमा सकिन थालिसकेकाले कहिले काँही क्याम्पसको कक्षामा उपस्थित हुने बढी देशभरका विभिन्न क्याम्पस विद्यालयमा जाने विद्यार्थी संगठनको होल टाइमर हुन थालेको थियो । छोटै समयमा लिलाराम जनमोर्चा पार्टीको विद्यार्थी संगठनको केन्द्रीय नेता बन्न पुग्यो । संगठनमा बढी समय लगाएकोले राजनीतिक शास्त्रमा पनि राजनीतिक सेटिङ मिलाएर बल्लतल्ल बि.ए. तेस्रो डिभिजनमा बल्ल पास गर्न पुगेको थियो ।
२०४६ फाल्गुण ७ गते संयुक्त जनआन्दोलन बामपन्थी पार्टीहरू दक्षिण पन्थी पार्टीहरू एक भएर राजधानीबाट संयूक्तजन आन्दोलन सुरु भएर देशभर फैलियो । तर जनमोर्चा नेपाल पार्टीले शंयूक्त जनआन्दोलन धोका हो भनी सहभागी भएन । एक दलिय पञ्चायती व्यवस्था बिघठन गरी वहुदलीय प्रजातन्त्रिक व्यवस्थाभित्र संसदीय राजतन्त्र रहने गरी तत्कालीन राजा श्री ५ विरेन्द्रले पार्टीमाथिको प्रतिवन्ध हटाएको घोषणा गरे । सेरीगाउँका लिलारामका प्रा.वि., मा.वि. तहमा संगै अध्ययन गरेका टिके दरवारीया साथी गोपाले, राजेन्द्रे, बिबेकेहरू सामान्तको दरबारबाट मण्डले संङगठन छोडेर ठुलो चन्दाको थैलो दिएर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे । २०४८ सालको प्रथम वहुलीय संसदीय निवार्चनमा संसदको टिकट लिएर गोपालेहरू संसदमा विजय हुन उही निरङकुस सामन्तवाद दरवारीयहरूले प्रयोग गरेका राज्यका अङ्गहरूको प्रयोग गरेर गोपालेहरूनै विजय भए ।
जनमोर्चा पार्टीका उम्मेदवारले सेरीगाउँदेखि देशका विभिन्न क्षेत्रमा संसदको उम्मेद वारी दिदा लिलाराम आफ्ना उम्मेदवारको विजय गराउन सबै क्षेत्रमा संबोधन गरी जनमोर्चालाई मतमागी विजयी बनाउन दैडधुपको निकै कसरत गरेपनि नौ सिट मात्रमा संसद विजयी बनाएर संसदमा उपस्थित भए । नेपाली कांग्रेस पार्टीले एक माना सरकार बनायो । त्यो बेलाका मध्य र गण्डकी अञ्चलका माहाभारत श्रृंङखलाका क्षेत्रबाट विजयी बनाउन जनमोर्चा मतदिने मतदातालाई सार्बजानिक मुद्धा लगाएर सयौंले तारीक बोक्न बाध्य बनाइयो ।
निवाचनको दुई वर्ष न बित्दै नेपाली कांगे्रस पार्टी भित्र सत्ताको कोतपर्वको लढाई सुरु भएर पार्टीको संसदीय मोर्चामा बहुमत प्राप्त नहुदा तत्कालीन प्रधानमन्त्रीले माध्याबदी निर्बाचनको घोषणा गरे । मध्यावधी निर्वाचनमा जानु पहिले जनमोर्चा नेपालले तस्कालीन सरकार प्रमुखसँग ४५ वटा माग राखी संविधान संसोधन गर नत्रभने जनमोर्चा पार्टीले शसस्त्र युद्ध गर्न जंगल पस्ने भनी माग पत्र बुझाए । बिरोधको पत्र सुनाइ नगरी नेपाली कांग्रेस र अन्य बामपन्थी र दक्षिणपन्थी संसदीय निर्वाचनमा होमिए । जनमोर्चा भने निर्वाचन बहिस्कार गरी २०५२ फाल्गुण २ गते राज्य पक्षसँग लामो जनयुद्वको घोषणा गरी माओवादी पार्टी नामकरण गरी बन्दुक उटाएर जंगल पसे । लिलाराम पनि विद्यार्थी नेतृत्ववर नै पार्टी केन्द्रीय नेतृत्वमा स्थापित भएर भूमिगत भए भूमिगतमा नै विवाह गरे ।
सेरीगाउँमा खेतीपाती गरी बसेकी आमा विना अब छोरालाई राज्यपक्षले कहिले मार्न हो भने चिन्ताले चाहुरिएर निमोनियाबाट उपचार नपाएर निधन भयो । राज्यले लिलारामको नाममा प्रकाउ गने वारेन्ट जारी गरेको थियो । आमाको मृत्युमा सेरीगाउँमा दाससंकारमा सहभागी हुन पाएनन् । युगोयुगदेखि तेह्र दिनको क्रिया बस्ने बैतड्र्नी लगाउने शुद्ध हुने सबै क्रिया भैतिकवादी जनवादमा आधारित जंगल बिचको क्याम्पमा श्रादाञ्जली गरे । जनयुद्वका १० वर्षमा समाजवादको सपना देखाएर किसान मजदुर स्र्वहारा भुईमान्छेको साथ लिएर राज्य व्यवस्ता गर्ने उदेश्य राखी नेपालको पश्चिम कमान लिलारामले सेरीगा“उका टिके राजाहरुका दरवार भत्काई धर्म अफिम भनी सावासत्य न्यारायण पुराण पुजाबसेका विवाह गराउन लागेको प्रोहितलाई भौतिक आर्थिक कारवाही गरे ।
ठुलो विवाह गर्ने, बावुआमा आफन्तजनको क्रिया श्राद गर्नेलाई भौतिक आर्थिक कावही गरियो । हिन्दु शास्त्रमा वारवधु एक आपसमा माला लगाएर गरिने स्वयम्वर विवाह जनवादी भनी गर्न लगाइयो । देवदेवीका मन्दिर मूर्ति भत्काउने फुटाउने गरे । जन्म र मरणलाई प्राकृतिक देन हो भनी भौतिकवादी प्रशिक्षिण दिन थाले । भष्ट्रचार ठहर गरी गा.वि.स अध्यक्ष विजुली प्रसादहरूलाई भौतिक कारवाही गरी भेरी कर्णाली घुमाए ।
हिन्दुमा जात सानो ठुलो बनाउने धर्म नै विभेदकारी भनी जनवादी पार्टीभित्र तलमाथि जातमा पनि जनवादी विवाह समेत गर्न लगाई कसैले पनि जातभातको नाममा मन्दिर जान भित्र रोकन पाइदैन रोक्नेहरूलाई भौतिक आर्थिक कार्वाही गरी नदी रङ्गाए घटनामा परी लिलाराम सदरमुकाम पुग्दा कार्वाही आदेश आयो भन्दा पश्चिम नेपालका वस्तीहरू थरथर काम्नथालेको थिए ।
समाजवाद सर्वहारा मान्छे अब सफल हुदै छ । शाही सेना क्याम्पमा रुवावासी चलिरहेको थियो । अवस्था संसदीय राजतन्त्रमा बसेका राजा विरेन्द्रको सपरिवार नाराहिटी राजदरवार हुदा षडयन्त्र मुलक भयो वंशको नाताले विधिवत श्री ५ राजा हुन ज्ञानेन्द्र आए । उनले संसदवादी माओवादी आम्नेसाम्ने वन्दुक उठाएर वारपारको लडाइरहेको अवस्थामा राजा हुने वितिक्कै पुनःसंकटकाल लगाएर राष्ट्रका नाममा सम्वोधन भने जन निर्वाचित सरकारको खारिजी गरे केही समयका लागि त्यो कार्यकारी अधिकार लिएको वक्सेका छौ भनि घोषणा गरे ।
संसदीयका पार्टीका केहि नेतृत्वलाई केहिलाई जेल हिरासतमा राखी संकटकाल धोषणा गरिसकेका छै भनि अर्को सम्वोधन राजा ज्ञानेन्द्रले घोषणा गरे । एउटै शाही सेनाको वन्दुकले संसदवादी र शसस्त्र मोओवादी आम्नेसाम्ने वन्दुक उठाएकालाई तह लगाउने खोजेपछि लिलारामहरू संसदवादीहरूसँग दिल्ली साक्षी राखी १२ वुदे शान्ति सम्झौता गरी संयूक्त जनआन्दोलन दोस्रो गर्न निरुन्कुश बनेका ज्ञानेन्द्रलाई तल फाल नेपालका शहर बजार राजधानीमा उत्रिए लिलाराम पनि सेरी गाउँ आन्दोलन गर्न पुगेका थिए ।
उन्नीस दिने संयूक्त दोस्रो जनआन्दोलन सामु घुडा टेक्दै ज्ञानेन्द्रले भने जनताको नासो जनतालाई फर्काए । लिलाराम भने प्रजातन्त्र पुनःवहाली पछि २०६४ सालदेखि २०७९ सालसम्म पटक पटक सेरीगाउँ माओवादीबाट संम्विधान सभा सदस्य, संसद सदस्य जन निर्वाचित भएर लोकतान्त्रिक गणतन्त्रको केन्द्रिय संसदभै विभिन्न महत्वपूर्ण मन्त्रालय नेपाल सरकारको समाली सकेका थिए । यसपटक भने छोरा कृष्णाको विवाह हिन्दु प्रोहित पूर्वका कुमाहीकी सुपुत्री सावित्रीसँग सेरीगाउँ शहिद पार्क विभिन्न ध्वजा पताकाहरूले सजाइएको छ । ८४ वेन्जन खाना बनाउने कुक, वइटर र खाने सामग्री मधेशका मनकामना कटेर्स र सामदल साहुलाई ठेक्कामा ल्याइएको छ ।
वसन्त त्रृmतु हुदा जाडो सकिएर तातो लाग्न थालकोे छ । दक्षिणामा सानो भेरी निलो चोली लगाएर हामफाल्दै ठुलो भेटाउन दगुरिरहेकी छिन् । पश्चिम मुसीले मसी दरवार, टाउको माथि जन्तेलेख, शाही कुमारी आफ्नो मन्दिर उभिएर यो विवाह हुने उभिएकी छिन् । सेरीगाउँ वरिपरि रातै लालीगुराँस सिमल पूmल फुलिरहेका छन् । कोहिली कुहुकुहु गरी वनभरि वासी रहेको थिए । बार बजे मध्यान्न सुर्यले तातो दिइरहेको थियो । शहिद पार्क वरिपरि हसिया हथौडा झण्डा फरफराई रहेका थिए । पार्कभित्र जनयुद्वमा शहिद भएका युवा युवती बन्दुक समाएर यो जनावादी विवाह हर्ने उत्साह भै उभिएका थिए ।
शहिद पार्कको गेटमा विवाह आउने पाहुनाको स्वागतमा लिलाराम उभिएर स्वागत गदै न्यानो हात मिलाई रहेका थिए । आम्ने साम्ने शसस्त्र युद्धमा वन्दुक समाएर उभिएका दिपक पूर्व.वि.वि.सी. सम्वाददाता नेत्र के.सि. कर्णाली प्रदेश पूर्व मन्त्री, वर्तमान संसद, जिल्ला स्तरका कार्यलयका हाकिम समेतको उपस्थिति थियो । दशौहजार विवाहमा आएका पाहुनाहरूले प्रशोधित मदिरा सहित बफेसिस्टमबाट सभाहलमा दुई बजेसम्म खाएर तिन बजे सकेको थियो । हलको एकातिर सिंगारिएको मञ्चमा विभिन्न गीत संगीतमा युवायुवती नाचिरहेका थिए । महिला पुरुष अलग अलग बाजा बजाइरहेका थिए । त्यही हलको स्टेजबाट लिलाराम आफ्नो छोरा कृष्र्णा बुहारीलाई सयपत्री माला लगाई जनवादी विवाह सम्पन्न हुने छ भनी जनकारी दिए ।
सयपत्री माला वरवन्धु दुवैलाई लगाई दिए । सिगारिएको मन्त्रमा पहिले लिलाराम दुवैजना र छोरा वुहारी वरवधुसँगै अरु धरैजनाहरूले पनि वरवधुसँग मोवाइलमा भाइरल हुन उभिए । त्यो कार्यक्रम सकिएपछि दुवै छोरा वुहारी लिलारामका दुवैजना शहिद पार्क बाहिर आएर सलाम चढाएर संगै मोवाइलमा साजिए । ती शहिदका शालिक यो जनवादी विवाहदेखि खुसी भए भएनन् भूईमान्छेहरूले मुल्याङकन गर्नेछन् । ४ वजे हुनै लाग्दा विवाहमा भाग लिनेहरू, दुलाहा दुलही र उनका आमाबावुहरू नाच हेरिरहेका थिए ।
त्यही शहित पार्कमा बनेका ५ सेरि गाउँका काली ब. के.सी. ७९ गोपी चन्द यो जनवादीको रमझम हेरि भन्दै हुनु हुन्थ्यो ˝हामी दुई लिलाराम यही गाउँका कृषक परिवार हौ । हामीलाई एउटा टालो लगाउन,एक गास खाना धौ धौ छ । भूईमान्छे सबै वरावर गराउँछौ, त्यो व्यवस्था ल्याउँछौ भनी दश वर्ष शसस्त्र द्धन्द मच्चाएर राजनीतिको धुरीमा पुगेकाले यसरी अतिरिक्त सम्पति कमाएर यस्तो धुमधामको विवाह गर्दा रहेछन् । हिजो निरंकुश सामान्तहरूले जनता करलुटेर यस्तै विवाह भोज मस्ती गर्थे । आखिर ती सामान्त दरवारीयाहरू र यी युद्धलडी आएका घरवारीयाहरूमा के फरक रह्यो भनी गुनासो गर्दै आफ्नो घरतिर लठ्ठी टेक्दै जानु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्