पार्वतीलाई कसले सिकायो घोडा चढ्न ?



 

parbati-rai-horse-riding
घोडामा चढेर बेतोडले हुँइकिएको दृष्य निकै राम्रो लाग्छ मोडल पार्वती राईलाई । कतिपय विदेशी चलचित्रमा नायिकाहरुले सेता घोडा कुदाएको दृष्य हेरेर रोमान्चित हुने पार्वती भन्छिन्-‘मलाई राजकुमारीले झैं बेतोडले घोडा कुदाउन मन छ ।’

विभिन्न म्युजिक भिडियोको सुटिङको क्रममा मनाङ मुस्ताङ पुगेकी पार्वती घोडा त चढेकी छिन् तर, चलचित्रमा देखिने झैं कुदाएकी छैनन् । ‘त्यसरि कुदाउन त सक्दिन मलाई डर लाग्छ तर, रहर छ ।’ अनलाइनखबरसँग कुरा गर्दै पार्वतीले भनिन्-‘फुर्सद भयो भने घोडा चढ्न सिक्छु ।’

‘ओठमा लाली’ बोलको एउटा नयाँ भिडियोमा पार्वतीले घोडा कुदाउन नपाए पनि चढेरै एकछिन मज्जा लिइन् । भिडियोको दृष्यमा सेतो घोडा चढेर कुदेको जस्तो देखिए पनि रियलमा घोडाको ढाडमा बसेर सुटिङ गरेको बताईन् । ‘म चढेको घोडा बिरामी थियो । ढाडमाथी बसेर अभिनय गरेँ, कुदाउने काम भएन ।’

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २१ गते आइतबार