कोहलपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न एक करोड ९३ लाख बढि खर्च



कोहलपुर ।

कोहलपुर नगरपालिकाको कोरोना रोकथा तथा नियन्त्रण गर्नका लागि विपद व्यवस्थापन कोषबाट एक करोड ९३ लाख बढि खर्च गरेको छ ।

कोहलपुर नगरपालिकाले गत वर्षको फागुन ११ गतेदेखिबाट चालु आर्थिक वर्षको असार मसान्त सम्मको खर्च विवरण सार्वजनिक गरेको
थियो । कोहलपुर नगरपालिकाकाले बुधबार बसको सर्वपक्षिय बैंठकमा कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारले खर्चको विवरण सार्वजनिक गरेका थिए ।

उनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले असार मसान्तसम्म एक करोड ९३ लाख ७७ हजार ९ सय ६७ रुपैया खर्च भएको बताए । यसमा सबैभन्दा बढि राहत वितरणमा खर्च भएको छ भने अन्य स्वास्थ्य साम्रागीमा नै खर्च भएको लेखा अधिकृत सुदिप सुनारले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १० गते बुधबार