दैलेखको ठाटीकाँधमा पहिरो जादाँ चार घाइते एकको मृत्यु



सुर्खेत :

दैलेखको ठाटीकाँध गाउँपालिका को वडा नम्बर ४ मा पहिरो जादाँ एकै परिवारकाका चार जना गम्भीर घाइते भएका छन भने एकको मृत्यु भएको छ ।

मंगलबार राती देखी परेको अविरल बर्षका कारण घर माथिबार खसेको परिहरो ले घर पुर्दा यस्तो घटना घटेको दैलेखको ठाटीकाँध गाउँपालिका को वडा नम्बर ४ का वडा अध्यक्ष रमेश सिजापतीले जानकारी दिएका छन ।

सिजापतीका अनुसार उक्त घर टिकाराम कठायतको रहेको छ । टिकाराम कठायत संगै उनको श्रीमती, एक छोरी र छोरा गरी चार जना घाइते भएका छन । भने उनको १२ बर्षका छोरा जनक कठायतको ज्यान गएको छ ।

साथै उनको दुईवटा घरमा पुर्णरुपमा पहिरोले पुरिएर ६ लाख बराबरको क्षेती भएको छ । भने उनको घरको तीनवटा भैसी पहिरोले बगाएर बेपत्ता बनाएको छ । साथै उनको घरमा बस्न आएका दानबहादुर कठायतका छोरा लोकेन्द्र कठायत पहिरोमा परि वेपत्ता रहेको र उनको खोजी कार्य भइरहेको वडा अध्यक्ष सिजापतिले जानकारी दिएका छन् ।

अहिले उक्त घटना स्थलतर्फ नेपाल प्रहरी र स्वास्थकर्मीको टोली पुगेर उद्धार तथा वेपत्ताको खोजी कार्य समेत भइ रहेको छ ।

मंगलबार रातीको पहिरोले उक्त गाउँको सात वटा घरहरु पनि पहिरोले केहि भत्काएको र पुरेको साथै विजुली बत्तीको लागि निमार्ण गरिएको हाइडेपावरको घर समेत भक्तकिएको वडा अध्यक्ष सिजापतीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार