सुर्खेत ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालका १५ साल्डाँडामा मंगलबार विहान जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
छेडा र लादेकोको भित्र साल्डाँडाको कच्चीबाटोमा बिहान करिब ९ बजे जीप दुर्घटना भएको हो ।
वीरेन्द्रनगरबाट चामल लिएर दैलेख तर्फ जाँदै गरेको लु.अ.अ क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको ट्राफिक प्रहरी जवान रामबहादुर रानाले बताए ।

दुर्घटनामा घाइते चालक २७ बर्षिय टोपबहादुर खासुमगर र गाडी मालिक निर्देश शर्मालाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ ।
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्