सुर्खेत :
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि ३३ अर्ब बराबरको बजेट ल्याएको छ ।
आज प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्