सुर्खेत :
शनिबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा तीनजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ।
यसअघि दैलेखका एक पुरुषमा संक्रमण देखिएको थियो। उनको सुर्खेत मै उपचार भइरहेको छ ।
सुर्खेतस्थित् प्रयोगशालामा ९ जेठमा गरिएको आरटीपीसीर परीक्षणमा तीजनामा संक्रमण देखिएपछि पुनः परीक्षणका लागि स्वाब नेपालगञ्ज पठाइएको थियो।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको ‘रिकन्फर्म टेस्ट’मा तीनै जनाको पोजिटिभ रिपोर्ट आएको कर्णाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । उनका अनुसार संक्रमित मध्ये एक महिला र दुई पूरुष छन् ।
संक्रमित तीनैजना सुर्खेतका हुन् भने उनीहरू ८ जेठमा भारतबाट फर्किएका थिए। संक्रमितमध्ये दुई जना बराहताल गाउँपालिका र एकजना चौकुने गाउँपालिकाकाका रहेको बताइएको छ ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।
यो सँगैमा समेत विस्तार संक्रमित बढ्दै गएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ५५१ पुगेको छ। यसमध्ये ७० जना कोरोनामुक्त भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन्।










प्रतिक्रिया दिनुहोस्