विवेकशील नेपाली पार्टीकी नेतृ दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले पक्राउ



काठमाडौं।

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेको हो।

उनीहरुले सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार