कोहलपुर।
लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेड कर्मचारी संघ केन्द्रीय कमिटी कोहलपुरले रक्तदान कार्यक्रम आयोजना गरेको छ । सोमबार शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेशमबहादुर रानाको प्रमुख अतिथ्यमा र यमबहादुर खड्काको सभापत्विमा कार्यक्रम सम्पन्न भएको हो।
रगत अभावका कारण कसैको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
उक्त कार्यक्रममा ८३ जनाले रक्तदान गरेका छन् । सो अवसरमा रक्तदान गर्ने सबैलाई सम्मान्नपत्र प्रदान गरिएको थियो । संकलित ८५ पिन्ट रगत नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रलाई बझाइएको छ ।
नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित रक्तदानमा चिकित्सक, नर्स, कर्मचारी संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्