कर्णाली प्रदेशका सबै नाका एक साता सिल गर्ने निर्णय



सुर्खेत :
कर्णाली प्रदेश सँग सिमा जोडिएका सम्पूर्ण नाका एक साताका लागि सिल गरिने भएको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेत सँग सिमा जोडिएको बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएसँगै यहाँको सुरक्षा सम्बेदनशिलालाई मध्यनजर गर्दै कर्णालीका सबै नाका बन्द गर्ने निर्णय गरिएको हो ।

सोमबार बसेकोे कर्णाली प्रदेश विपत व्यवस्थापन परिषद्को बैठकले नाका बन्द गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले १ हप्ताका लागि कर्णाली प्रदेशका सबै सिना नाका शिल गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले प्रदेश भरीका २५ स्थानमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय समेत गरेको मुख्यमन्त्री शाहीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २२ गते सोमबार