बर्दिया ।
भारतको राजधानी नयाँदिल्लीस्थित निजामुद्दिन मस्जिदमा केही दिन अघि सम्पन्न भएको भेलामा सहभागी भएको आशंकामा बर्दिया गुलरियाकाका ६ जनालाई गुलरियास्थित क्वारेन्टाइनमा राखिएको छ ।
बर्दियाका सदरमुकाम गुलरियाका ६ जनालाई स्थानीय महाकवि देवकोटा मावि क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
सभामा सहभागी २४ जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दिल्लीमा सम्पन्न भएको भेलामा विभिन्न मुलुकबाट सहभागी थिए । त्यसले भारत लगायत मुलुकमा ठूलो त्रास उत्पन्न गराएको छ ।
बर्दियाबाट क्वारेन्टाइनमा राखिएकोहरु दिल्ली सभामा गएको भएपनि उनीहरुले भने भेलामा नगएको दावी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश बास्तोलले बताउनु भयो ।
तर, पनि उनीहरूलाई सुरक्षाका लागि क्वारेन्टाइनमा राखिएको बास्तोलाले बताउनु भयो । क्वारेन्टाइनमा बसेका उनीहरूले भने आफुहरू दिल्लीको निजामुद्दीन भेलामा नगएको दावी गर्दै आएका छन् ।
गुलरियाका मुस्लिम अगुवाहरूले उनीहरु पूर्वी तराईमा भएको धार्मिक सभाबाट दुई र तीन महिनाका लागि प्रचार प्रसारमा नेपालमा नै भएको जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्