कोहलपुरमा ओलीले गरे घरभाडा छुट दिने घोषणा



कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका, ११ का नवराज ओलीले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण व्यापार व्यवसाय नभएकाले उनले आफ्नो घरमा बस्नेहरुलाई एक महिनाको घरभाडा नलिने घोषणा गरेका हुने ।

नेपाल सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै गत चैत्र १० गतेदेखि आगामी २५ गतेसम्म ‘लकडाउन’ को घोषणा गरेको छ । यसले गर्दा अधिकांश मानिसहरु घरभित्र बस्न बाध्य छन् ।

कोहलपुर नगरपालिका ११ दशबिगाहमा नागरीक फार्मेसी सञ्चालन गर्दै आएका ओलीले सोही ठाउँमा रहेको घरमा बस्नेहरुलाई चैत्र महिनाको घरभाडा नलिने भएका हुन् ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण व्यापार व्यवसाय गरी बसेका व्यापारी साथिहरु तथा अन्यहरु मर्कामा परेका छन्’ उनले भने, ‘सोही कुरालाई मध्यनगर हामीले एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेका हौं ।’

आफ्नो निर्णयले घरभाडामा बस्नेहरुलाई केही भएपनि राहात पुग्ने उनले बताए ।

‘दशविगाहा अगाडिको घरबाट मासिक ६० हजार रुपैयाँ मासिक घरभाडा उठ्ने गरेको थियो’ घरधनी ओलीले भने, ‘एक महिनाको लागि यो सबै घरभाडा मिनाहा गर्ने निर्णय गरेको छु ।’

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार