14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

सुर्खेतमा पुग्यो कोरोना परीक्षण मेसिन, बिहीबारबाट परीक्षणको काम सुरु हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

सुर्खेत ।

विश्व व्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को परीक्षण अब कर्णाली प्रदेशमा पनि हुने भएको छ । संघीय सरकारले प्रदेश सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन उपलब्ध गराएको हो ।

बुधबार काठमाडौंबाट हेलिकोप्टरबाट मार्फत सुर्खेत ल्याइएको थियो । उक्त मेसिन कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखेर कोरोना परीक्षण गरिने बताइएको छ ।

प्रयोगशाला संचालनमा सहयोगको लागि प्रयोगशाला विज्ञ रामकृष्ण श्रेष्ठ पनि सुर्खेत आएका छन् । अहिलेसम्म कर्णाली प्रदेशबाट कोरोनाको आशंका गरिएका बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको थियो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले बुधबार मेसिन जडान गर्ने काम गरिने र त्यसपछि परीक्षण गर्ने जानकारी दिइन् ।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     5:55:24 PM  |