नेपालगञ्जका कुरेशीले यस्तो बनाए नक्कली सवारी पास



लकडाउनको बेलामा सुर्खेतबाट नक्कली पास प्रयोग गरी नेपालगञ्ज जान लागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खड्का कृष्ण एण्ड द क्याराभानले ना ८ ख २४३१को गाडीमा सुर्खेतदेखि चितवन कामदार लैजान लिएको (पास) अनुमती पत्रलाई डिजिटल प्रविधीको प्रयोग गरी अर्को एकजनाले दुरुपयोग गरेको पाइएको हो।

राज कुरेशी नाम गरेका ब्यक्तिले सुर्खेतदेखि नेपालगन्‍ज तर्फ नक्कली पास बनाई गाडी प्रयोग गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका कम्प्यूटर प्राविधक सुरज श्रेष्ठले जानकारी दिए।

‘हामीले पास दिँदा विवरणमा हातले लेखेका थियौं, तर दुरुपयोग गर्नेले डिजिटल प्रविधिको प्रयोग गरि सबै कम्प्यूटरबाट टाइप गरि नक्कली पास बनाएको पाईएको छ’, श्रेष्ठले भने ‘पासको फोटो खिची मोबाइलमा फोटो देखाउदै गर्दा सुर्खेतको स्थानीय नारायण पेट्रोल पम्प नजिकबाट प्रहरीले पक्राउ परेको हो।’

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार